अत्तरिया – भोलि धनगढीमा ३ घण्टा विद्युत सेवा अवरुद्ध हुने भएको छ । धनगढी ३३ केभी लाइनमा लागेका बुस कटिङ्ग तथा मर्मत सम्भार गर्नका लागि भोलि बिहान ७ बजेदेखि १० बजे सम्म विद्युत अवरुद्ध हुन लागेको हो ।

नेपाल विद्युत प्राधिकरण धनगढी वितरण केन्द्रले धनगढी सवस्टेशनबाट प्रशारण हुने विद्युत अवरुद्ध हुने जनाएको छ ।

केन्द्रले निर्धारित समय भन्दा अगाडी नै काम सम्पन्न भए विद्युत सुचारु गरिने जनाएको छ ।