धनगढी उपमहानगरको टोली दिल्लीका विद्यालयको अवलोकन गर्दै

धनगढी – कैलालीको धनगढी उपमहानगरपालिकाको शिक्षा शाखाका कर्मचारी, विभिन्न विद्यालयका प्रधानाध्यापक, कार्यपालिका र शिक्षा समितिका सदस्यहरू सहितको टोली विद्यालय अवलोकनका लागि भारतको राजधानी नयाँदिल्ली पुगेको छ । टोलीले पहिलो दिन यहाँका तीनवटा सामुदायिक विद्यालयको अवलोकन गरेको छ ।

maya metro hospital

टोलीले सहिद हेमु कालाणी सर्वोदय बालविद्यालय, सोही विद्यालयभित्र छुट्टै सञ्चालन भइरहेको दिल्ली मोडल भर्चुअल स्कुल र गभर्मेन्ट ब्वाइज एसआर सेकेन्डरी स्कुलको अवलोकन गरेको छ । अवलोकन टोलीले यी विद्यालयमा भौतिक पूर्वाधारको अवस्था, शिक्षण सिकाइ क्रियाकलाप, व्यवस्थापनलगायत विषयमा प्रधानाध्यापक र शिक्षकहरूसँग छलफलसमेत गरेको छ ।

भारतको राजधानी दिल्लीमा अरबिन्द केजरीवालको सरकार आएपछि दशकयता सामुदायिक विद्यालयको शैक्षिक अवस्थामा आमूल परिवर्तन भएको छ । दिल्लीको शैक्षिक सुधार केजरीवाल मोडेलका रूपमा चर्चित छ ।

attariya hospital

कक्षाकोठाको व्यवस्थापन, फर्निचर, स्मार्टबोर्ड, प्रयोगशाला, पुस्तकालय, स्विमिङपुल, खेलकुद सुविधा आदिले यहाँका विद्यालय सुसज्जित छन् । ट्याब, ल्यापटपसहित शैक्षिक सामग्री सरकारले उपलब्ध गराउँछ र निजी विद्यालयजत्तिकै सुविधा र गुणस्तर भएका सरकारी विद्यालयमा शिक्षा पूर्ण रूरुपमा निस्शुल्क छ ।

धनगढी उपमहानगरको शैक्षिक सुधारमा सहयोग पुगोस् भनेर नगरभित्रका सामुदायिक विद्यालयका प्रधानाध्यापक र शिक्षकलाई दिल्लीका विद्यालयको अवलोकनको व्यवस्था गरिएको उपमहानगरको शिक्षा महाशाखा उपसचिव प्रमुख नरेन्द्रबहादुर खातीले बताए ।

प्रतिक्रिया दिनुहोस

Your email address will not be published.