कञ्चनपुर – कञ्चनपुरमा शुक्रबार बयलगाडामा च्यापिएर एक बालकको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालयका अनुसार बेलौरी नगरपालिका–५ रामनगरका अमरसिंह चौधरीका दुई वर्षीय छोरा रेगम सिंह दहितको बयलगाडामा च्यापिएर मृत्यु भएको हो ।

आफ्नै घरको आँगनमा राखिएको बयलगाडामा खेल्ने क्रममा बयलगाडाको अगाडिको भाग उठेर पछाडिको भागमुनि बालक च्यापिएका थिए ।

घाइते बालकको उपचारका क्रममा कैलालीको धनगढीस्थित निर्सग अस्पतालमा मृत्यु भएको हो ।