अत्तरिया – सुदूरपश्चिम प्रदेशको दोश्रो अधिवेशनको तेस्रो बैठक मंगलबार सम्पन्न भयो । उक्त बैठकमा धेरै जसो प्रदेश सभा सदस्यहरुले आफ्ना मन्तव्यहरु राखे । प्रदेशको बजेट अधिवेशन पनि भएकाले बजेटमा मुख्य गरी समावेश हुनुपर्ने कुराहरुका बारेमा प्रदेश सभा सदस्यहरुको धारणा राखेका थियो ।
उक्त बैठकमा धारणा राख्दै कान्छी प्रदेश सभा सदस्य गिता चौधरीले सरकारले शिक्षा, स्वास्थ्य र कृषि क्षेत्रलाई मुख्य प्राथमिकतामा राखेर कार्य गर्नुपर्ने बताएकी छन ।
उनले सरकारले शिक्षामा अर्बाै लगानी गरिरहेको भएपनि जनप्रतिनिधिहरुले नै सरकारी विद्यालयहरुलाई नपत्याउने गरेको बताईन ।
‘गुणस्तरिय शिक्षामा सरकारको अर्वाै लगानी रहेको सरकारी विद्यालय र निजि विद्यालय को तुलना गरी हेर्ने हो भने जनप्रतिनिधिहरुको उज्जवल भविष्य निजि विद्यालयमा देखिरहेका छौ किन ?’ उनले प्रश्न गरिन ‘सरकारको लगानी, तालीम प्राप्त दक्ष शिक्षक भएको विद्यालय छोडी निजि विद्यालय रोज्नुको कारण के ?’ उनले दक्ष जनशक्ति भएका सरकारी विद्यालयहरुको शिक्षामा गुणस्तर ल्याउने कार्य गर्न सरकारले ध्यान दिनुपर्ने बताईन ।
उनले कृषि क्षेत्रमा पनि वास्तविक किसानहरुलाई आधुनिकिकरण र यान्त्रीकरणमा जोड्न जरुरी रहेको बताईन । ‘कृषि उत्पादका हिसाबले अगाडी रहेका प्रदेशका दुई जिल्ला कैलाली र कञ्चनपुरमै कृषकहरुले सरकारको सहयोग पाएका छैनन’ उनले भनिन् ‘व्यवसायीक रुपमा कृषिमा आवद्ध किसानहरुलाई आधुनिकिरण र यान्त्रीकरणमा जोडी उत्पादन वृद्धिमा सरकारले अग्रसरता देखाउनुपर्दछ ।’
उनले कृषकहरुको जिवनस्तर उकासी समग्र सुदूरपश्चिमको अर्थतन्त्रमा टेवा पुग्ने हिसाबले पकेट क्षेत्रहरु निर्धारण गरिनुपर्ने बताईन । त्यसका साथै उनले कृषकहरुका लागी छुट्टै निति बनाई उचित तालिमको व्यवस्था गरिनुपर्ने माग राखिन । उनले उत्पादन तथा रोजगारमा युवाहरुलाई जोड्न स्वदेशमै पशुपालन तथा व्यवसायीक खेती प्रर्वद्धनमा ध्यान दिईनुपर्ने बताईन ।
त्यसका साथै उनले स्वास्थ्य क्षेत्रको सेवामा गुणस्तरता ल्याउनका लागी आवश्यक स्थानमा भौतिक पुर्वाधारहरुको निर्माणमा ध्यान दिईनुपर्ने बताईन । प्रदेशमा रहेका स्वास्थ्य क्षेत्रहरुको आवश्यकता र सेवालाई प्राथमिकतामा राखी बजेटको विनियोजन गरिनुपर्ने उनको भनाई रहेको छ । उनले संघ सरकारले बनाएको ट्रमा सेन्टर टाढा भएकाले प्रदेशका सबै जिल्लाहरुलाई पायक पर्ने गरी कैलालीकै गोदावरी नगरपालिका भित्र प्रदेशस्तरिय ट्रमा सेन्टर निर्माण गरिनुपर्ने माग राखिन ।
थारु समुदायका लागी उठ्यो आवाज
प्रदेश सभा सदस्य चौधरीले थारु समुदायको हकहितका लागी समेत आवाज उठाएकी छन । उनले भुमिपुत्रको रुपमा चिनिने थारुहरुको भाषा, कला र संस्कृतिको संरक्षणका लागी प्रदेश स्तरबाट छुट्टै निति बनाईनुपर्ने बताईन । त्यसका लागी सर्वप्रथम भलमन्सा प्रथालाई कानुनी मान्यताका लागी भलमन्सा ऐन बनाईनुपर्ने उनले बताईन ।
त्यसका साथै उनले थारुहरुको भेषभुषा, रहनसहन, कला संस्कृति जगेर्नाका लागी सुदूरपश्चिम थारु संग्रहालय, होमस्टे तथा थारु स्मार्ट भ्लेजको अवधारणा अगाडी बढाईनुपर्ने माग राखिन ।
थारु समुदायमा मात्रै देखिन सिकलसेल रोगका विरामीहरुलाई सरकारले प्रदान गर्ने सेवासुविधामा समावेश गराईनुपर्ने उनले बताईन । त्यतिमात्रै नभई सिकलसेलको उपचारका लागि छुट्टै अस्पतालको अवधारणा अगाडी बढाईनुपर्ने संसदमा उनले माग राखिन ।