गोदावरीमा निड्सद्धारा ब्रिक लेयर मेसन तालिम सुरु

अत्तरिया – कैलालीको गोदावरीमा २ महिने ब्रिक लेयर मेसन (डकर्मी) तालिम सुरु भएको छ । निड्स नेपालको युवा तथा महिला उद्यमशिलता विकास परियोजना अन्तरगत गोदावरी नगरपालिका – ८ मा ब्रिक लेयर मेसन तालिम सुरु भएको हो । तालिमको बिहिबार एक कार्यक्रमका बीच गोदावरी नगरपालिकाका नगरप्रमुख बिरेन्द्र भट्टले उद्घाटन गरेका थिए ।

maya metro hospital

तालिमको उद्घाटन गर्दै नगरप्रमुख भट्टले ब्रिक लेयर मेसन तालिमले प्रशिक्षार्थीहरुको भविष्य निर्धारण गर्न पनि मदत पुग्ने भएकाले यसलाई सामान्य रुपमा नलिन आग्रह गरे । ‘तालिमले सहभागि आत्मनिर्भर बनेर आर्थिक पक्ष बलियो हुने छ’ उनले भने ‘आर्थिक मन्दिको समयमा संस्थामार्फत भइरहेको तालिमको फाइदा लिन आग्रह गर्दछु ।’

joshi vada pasal 2

उनले डकर्मीको काममा जोखिम पनि हुने भएकाले तालिममा सुरक्षाका बिषयमा पनि जानकारी दिन आवश्यक रहेको बताए ।

raunak fals and silling

निड्स नेपालका कार्यकारी निर्देशक भवराज रेग्मीले भूकम्पीय जोखिम रहेको सुदूरपश्चिममा ब्रिक लेयर मेसन (डकर्मी) तालिमको महत्त झन बढेको बताए । ‘अहिले सुदूरपश्चिम भूकम्पीय जोखिम भएको क्षेत्रमा छ । घर बनाउने क्रममा पनि मानिसहरुले इन्जिनियरको भन्दा पनि मिस्त्री (डकर्मी) को बढी विश्वास गर्ने गर्छन्’ उनले भने ‘तालिमले भवन सहिताको बिषयका मिस्त्रीहरुलाई जानकारी दिन्छ ।’

उनले भारतजाने नेपालीहरुको लागि निड्स नेपालले काम गरिरहेको बताए । उनले हाल महिला र युवालाई जोडेर गोदावरी र चुरे गाउँपालिकामा कार्यक्रम संचालन भइरहेको बताए ।

‘स्वदेशी पुजी बढाउने, सीप विकास गर्ने, आत्मनिर्भर हुने बिषयमा काम गरिरहेका छौ’ उनले भने ‘यस बिषयमा राज्य पनि जागरुक छ । यसका लागि हामीले पालिकामा कुन काम गर्न आवश्यक छ । सोही अनुसार काम गरिरहेका छौ ।’

टेस नेपालका अध्यक्ष एवम् म्यानेजिग डाईरेक्टर छत्र बहादुर बमले अहिले घर बनाउने मान्छेको माग बढेकाले यस तालिम लिएकाहरु बेरोजगार भएर बस्न नपर्ने बताए । उनले सबैले जागिरीको पछि लाग्नु भन्दा पनि सीप सिकेर काम गर्न आवश्यक रहेको बताए ।

श्रावण १९ गते सम्म संचालन हुने तालिममा गोदावरी नगरपालिका – ८ का २० जना युवाहरुको सहभागिता रहेको निड्स नेपालका कार्यक्रम संयोजक विनोद कडाराले जानकारी दिए । तालिमका लागि लुथरन वल्र्ड रिलिफले आर्थिक र टेस नेपालको प्राविधिक सहयोग रहेको छ ।

कैलालीको गोदावरी नगरपालिका र चुरे गाउँपालिकामा निड्स नेपालको युवा तथा महिला उद्यमशिलता विकास परियोजना संचालनमा रहेको छ । कार्यक्रम अन्तरगत २ बर्षको अवधिमा गोदावरी चुरेमा २५० जनालाई व्यवसायी बनाइने जनाइएको छ ।

indreni vansa ghar
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.