सुदूरपश्चिम प्रदेशको कञ्चनपुरमा रहेको दोधरा–चाँदनी सुख्खा बन्दगाह निर्माण गर्न नेपाल र भारत बीच सहमति भएको छ ।

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको भारत भ्रमणका क्रममा उक्त परियोजना निर्माणको जिम्मा भारतलाई दिइएको हो ।

उक्त सम्झौतामा नेपालकातर्फबाट वाणिज्य तथा आपूर्ति सचिव मधुकुमार मरासिनी र नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तवले समझदारी पत्र साटासाट गरे ।
नेपालले वातावरणीय प्रभाव मूल्याङ्कन अध्ययन समेत सकिसकेका उक्त परियोजना कञ्चनपुरको दोधरा–चाँदनी क्षेत्रमा निर्माण हुनेछ ।