टीकापुर घटनाका कैदीले रेशम चौधरीलाई भेट्नै मानेनन्

टीकापुर – टीकापुर घटनामा तीनै तहका अदालतले चौधरी सहित नौ जनालाई जन्मकैदको सजाय सुनाएका थिए । चौधरी भने गणतन्त्र दिवसको अवसरमा राष्ट्रपतिबाट आममाफी पाएपछि जेठ १५ मा रिहा भएका छन् ।

maya metro hospital

उनीसँगै कैद सजाय पाएका तीन जना कैलाली कारागारमा छन् । टीकापुर नगरपालिका–४, ठाह्रापुरका वीरबहादुर चौधरी, जानकी गाउँपालिका–७, मोतीपुरका हरिनारायण चौधरी र जानकी गाउँपालिका–७ लट्कनियाका प्रदीप चौधरी कैलाली कारागारमा छन् ।

joshi vada pasal 2

उनीहरूलाई भेट्न पूर्व सांसद समेत रहेका चौधरी बुधबार कैलाली कारागार पुगेका थिए । उनीसँगै नागरिक उन्मुक्ति पार्टीका नेताहरू लक्ष्मण थारू, सांसद अरुणकुमार चौधरी, गंगा चौधरी लगायत नेता तथा कार्यकर्ता कारागार पुगेका थिए । तर, कैदीले भेट्न नमानेपछि उनी फर्किएका छन् ।

मुद्दाको प्रकृति एउटै, तर कसैलाई कैद माफी, कसैलाई जेल सजाय हुने विभेदपूर्ण व्यवहार देखिएकाले भेट्न नमानेको कैदीले बताएका छन् । न्यायमा पनि पक्षपात गरिएको भन्दै उनीहरू रुष्ट छन् । उनीहरूले आफ्नो परिवार बाहेक कसैलाई नभेट्ने भन्दै कैलाली कारागार प्रशासनलाई निवेदन दिएका छन् ।

पूर्व सांसद चौधरी आफू मात्रै कैद मुक्त भएको, तर आफूहरूलाई कैदमुक्त गराउन कुनै पहल नगरेको भनी उनीहरूले गुनासो गरेका छन् । कैदीहरूले नै भेट्न नचाहेकाले चौधरी लगायत नेताले भेट्न नपाएको कैलाली कारागार प्रमुख पदमराज तिमिल्सेनाले बताए ।

प्रतिक्रिया दिनुहोस

Your email address will not be published.