धनगढी- धनगढीमा वेवारिसे अवस्थामा समान फेला परेको छ। धनगढी उपमहानगरपालिका वडा नम्बर–२ र वडा नम्बर–३ बाट बिहीवार ५६ हजार बराबरको वेवारिसे अवस्थामा अवैध समान बरामद गरिएको प्रहरीले जनाएको छ।
जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता प्रहरी नायब उपरीक्षक डीएसपी कुलदीप चन्दले धनगढी उपमहानगरपालिका–२ को वडा कार्यालय नजिकैबाट भारतबाट भन्सार छली ल्याएको २७ हजार रुपैयाँ पर्ने समान बरामद गरिएको जानकारी दिए।

उनकाअनुसार अचार, ललीपप, सुपरपावर सुर्ती लगायतका समान बरामद गरिएको हो। वडा नम्बर ३ को मिलन चोकबाट भारतबाटै भन्सार छली ल्याएको २९ हजार रुपैयाँ बराबरको समान बरामद गरिएको प्रहरी नायब उपरीक्षक चन्दले बताए। ५ पोका किसोरी गुट्का, ५ पोका पवन सुर्ती, ५ पोका फाईवर छिल्ली, ५२ वटा बोतल वाला मिठाई, १० किलो चिनी लगायतका समान बरामद गरिएको उनले जानकारी दिए। दुवै स्थानबाट बरामद गरिएका समान आवश्यक कारवाहीका लागि कैलाली भन्सार कार्यालयमा बुझाइएको प्रहरीले जनाएको छ।
