शुक्लाफाँटाका किसानलाई ५० प्रतिशत अनुदानमा धानको बिउ

कञ्चनपुर – कञ्चनपुरको शुक्लाफाँटा नगरपालिकाले किसानहरुलाई अनुदानमा धानको बिउ वितरण गरेको छ । नगरमा धानको उत्पादन बढाउन नगरपालिकाले वार्षिक कार्यक्रम अनुसार किसानहरुलाई ५० प्रतिशत अनुदानमा उन्नत जातको धानको बिउ वितरण गरेको हो ।

maya metro hospital
raunak fals and silling

नगरपालिकाको वार्षिक कार्यक्रमअनुसार एक सय ५० किसानलाई धानको बीउ वितरण गरिएको नगरपालिकाका कृषि शाखा प्रमुख करन सिँह बुढाऐरले जानकारी दिए । उनका अनुसार किसानहरुलाई सावा मन्सुली, राधा–४, सर्जु–५२, रामधान, सावित्री र सुक्खा धानको बीउ वितरण गरिएको हो ।

joshi vada pasal 2

‘समूह, सहकारी, फर्म र व्यक्तिगतरुपमा किसानको मागअनुसारको धानको बीउ वितरण गरेका छौँ’, उनले भने, ‘६६ रुपैँया प्रति किलोका हिसाबले धानको बीउ खरिद गरी किसानलाई ३३ मा उपलव्ध गराएका छौँ ।’ एक हजार पाँच सय २० किलो धानको बीउ किसानलाई वितरण गरिएको उनले बताए ।

indreni vansa ghar
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.