रेशम चौधरीलाई माफी दिने सरकारको तयारी

धनगढी – टिकापुर घटनाका मुख्य आरोपी रेशम चौधरीलाई सरकारले आममाफी दिने तयारी अन्तिम चरणमा पु¥याएको छ ।

maya metro hospital
raunak fals and silling

सर्वाेच्च अदालतले जन्मकैदको फैसला सुनाएका चौधरीलाई गणतन्त्र दिवसको अवसरमा आम माफि दिने सरकारले तयारी गरेको हो । २०७२ भदौमा ७ जना सुरक्षाकर्मी र एक नाबालकको मृत्युका जिल्ला र उच्च अदालतबाट चौधरीलाई मुख्य योजनाकारका रुपमा दोषी ठहरिएर जन्मकैदको सजाय सुनाइएकोमा केही समयअघि सर्वाेच्चले पनि उक्त फैसला सदर गरेको थियो ।

joshi vada pasal 2

तर, पूर्वसांसद समेत रहेका चौधरीको बाँकी कैद सजाय मिनाहाका लागि माफीको निवेदन गृह मन्त्रालयबाट राष्ट्रपति कार्यालयसमक्ष पु¥याइएको छ ।

यहिँ जेठ १५ गते गणतन्त्र दिवसको अवसरमा रेशमलाई सजाय माफी दिन लागिएको छ । चौधरी हाल डिल्लीगार कारगारमा रहेका छन् ।

indreni vansa ghar
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.