कञ्चनपुर – कञ्चनपुरको एक ब्याट्री मर्मत ग्यारेजमा आगलागी भएको छ ।


जिल्लाको बेलौरी नगरपालिका–२ गोकुलपुर बजारमा रहेको चौधरी ब्याट्री मर्मत ग्यारेजमा बिहिबार बिहान आगलागी भएको हो ।

आगो नियन्त्रणमा लिइएको छ । आगलागीबाट ६ लाख रुपैयाँ बराबरको सामान जलेर नष्ट भएको जिल्ला प्रहरीले कार्यालय कञ्चनपुरले जनाएको छ । विद्युत सर्ट भएर आगलागी भएको हुनसक्ने प्रहरीको अनुमान छ ।
