गौरीगंगामा वडास्तरिय मेलमिलाप केन्द्रलाई बजेट विनियोजन गरिदिन माग

अत्तरिया – कैलालीको गौरीगंगा नगरपालिकामा रहेको नगरस्तरिय सामुदायीम मेलमिलाप केन्द्रले मेलमिलाप केन्द्रहरुका लागि बजेट विनियोजन गरिदिन माग गरेको छ । केन्द्रले वडास्तरिय मेलमिलाप केन्द्रहरुका लागि आगामी आर्थिक वर्ष २०८०/०८१ मा बजेट विनियोजन गरिदिन माग गरेको हो ।

maya metro hospital
raunak fals and silling

बुधबार ज्ञापन पत्र निकाल्दै केन्द्रले वडास्तरिय मेलमिलाप केन्द्रको कार्यालय स्थापनाका लागि सहयोग गरिदिन समेत अनुरोध गरेको छ ।

joshi vada pasal 2

केन्द्रका नगर संयोजक हेमन्त राज जोशी (बाजे) द्धारा हस्ताक्षरित ज्ञापन पत्रमा टोल, वडा तथा नगरलाई विवाद रहित, स–ुसंस्कृत अनि सभ्य वातावरण सहितको समाज निर्माणमा मेलमिलापकर्ताहरुले पटक–पटक निःस्वार्थ रुपमा अहोरात्र लागिपरको उल्लेख गरिएको छ ।

त्यसका साथै ज्ञापन पज्ञमा नगरका सबै वडामा आगामी आर्थिक वर्ष २०८०/०८१ का लागि बजेट विनियोजन हुँदा सामाजिक क्षेत्रका शान्तिका अभियान कर्ताका लागि बजेट विनियोजन नभएकाले आवश्यक बजेट विनियोजन गरिदिन माग गरिएको छ ।

indreni vansa ghar
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.