गोदावरीमा चाइनाको कम्पनीले धमाधम फोहरमैला व्यवस्थापन केन्द्र निर्माण गर्दै

अत्तरिया – कैलालीको गोदावरी नगरपालिकामा फोहरमैला व्यवस्थापन केन्द्र निर्माणको काम धमाधम भइरहेको छ । गोदावरी नगरपालिका – ३ चौकीडाँडा सामुदायिक वन क्षेत्रमा चाइना कम्पनीले फोहर मैला व्यवस्थापन केन्द्र निर्माणको काम गरिरहेको हो ।

maya metro hospital

एशियाली विकास बैंकको ऋण अनुदान सहयोगमा क्षेत्रीय सहरी विकास आयोजना कार्यालय धनगढीले फोहरमैला व्यवस्थापन केन्द्र निर्माणका लागि चाइनाको सिचुवान प्रोभेन्सी जियोलोजिकल इन्जिनियरीङ कम्पलेक्ससंग १८ जुलाई २०२२ मा ठेक्का सम्झौता गरेको थियो । ५ हेक्टर क्षेत्रफलमा फैलिएको उक्त फोहरमैला व्यवस्थापन केन्द्र निर्माण स्थलमा रुख कटानीमा ढिलाई हुँदा काम सुरु हुन समय लागेको थियो ।

joshi vada pasal 2

फोहरमैला व्यस्थापन केन्द्र निर्माणका लागि सो क्षेत्रमा १ हजार बढी रुख काटिएका थिए । पछिल्लो ४ महिना देखि भने धामाधम भौतिक संरचना निर्माणको काम अघि बढेको निर्माण कम्पनीका कन्ट्याक्ट मेनेजर नारायण रिजालले बताए ।

उनले हाल फोहरमैला व्यवस्थापन केन्द्रका लागि आवश्यक भवन निर्माण संगै अन्य सरचनाको काम अगाडी बढेको बताए । उक्त फोहोरमैला व्यवस्थापन केन्द्र जानेबाटो संगै बिजुलीको व्यवस्थापनको काम सकिएर हाल फोहोर व्यवस्थापन केन्द्रमा कम्पाउण्ड, फोहोर फाल्ने ब्लक, फोहोर प्रशोधन यन्त्र लगायतका संरचनाहरु निर्माणको काम भइरहेको छ ।

raunak fals and silling

फोहोरमैला व्यवस्थापन केन्द्रमा घरबाट फोहोर संकलन गर्ने देखि लिएर डिस्पोजल गर्ने, प्युरिफाई गर्ने र कुहिने फोहोरबाट मल बनाइने बताइएको छ । फोहोरमैला व्यवस्थापन केन्द्रबाट प्राङ्गारीक मल उत्पादन गरिने जनाइएको छ । परियोजनालाई ५० बर्ष सम्म प्रयोग गर्न मिल्ने गरि डिजाईन गरिएको छ ।

फोहरमैला व्यवस्थापन केन्द्रको निर्माणका लागि ५१ करोड ६९ लाख ७४ हजार ४९९ रुपैयाँमा ठेक्का सम्झौता भएको क्षेत्रीय सहरी विकास आयोजना कार्यालय धनगढीले जनाएको छ । जसमा ७५ प्रतिसत एडेवीको ऋण अनुदान सहयोग र २५ प्रतिशत नेपाल सरकारको सहयोग गरेको छ । सम्झौता अनुसार निर्माणको काम ४ सेप्टेम्बर २०२४ मा सकिनु पर्ने छ ।

२ बषैमा निर्माण सक्ने गरी सम्झौता गरिएको फोहरमैला व्यवस्थापन केन्द्रको निर्माण सकिएपछि पनि ३ बर्ष भने निर्माण कम्पनीले नै संचालन गर्ने छ । ‘निर्माणको काम सकिएपछि ३ बर्ष अपरेशन मेन्टेनेन्सको काम हुने छ । जुन काम निर्माण कम्पनीले नै गर्ने छ’ कन्ट्याक्ट मेनेजर रिजालले भने ‘त्यसपछि फोहरमैला व्यवस्थापन केन्द्र गोदावरी नगरपालिकालाई हस्तान्तरण गरिने छ ।’ उनले हस्तान्तरण गरेको १ बर्ष सम्म पनि मर्मत सम्भारको जिम्मेवारी निर्माण कम्पनीकै हुने बताए । हाल गोदावरी नगरपालिकामा फोहोरमैला व्यवस्थापन केन्द्र नहुँदा एकीकृत फोहरमैला व्यवस्थापन केन्द्रमै फोहोर लगेर अव्यवस्थित रुपमा फालिने गरेको छ ।

एशियाली विकास बैंकको ऋण अनुदान सहयोगमा कैलाली र कञ्चनपुरका गरी तिनवटा स्थानीय तहमा हाल एकीकृत फोहरमैला व्यवस्थापन केन्द्र निर्माणको काम अगाडी बढेको छ ।

क्षेत्रीय सहरी विकास आयोजना अन्तर्गत कैलालीको धनगढी उपमहानगरपालिका, गोदावरी नगरपालिका, कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका गरी तिनवटा नगरपालिकामा उक्त केन्द्र निर्माणको काम अघि बढेको छ । भिमदत्त नगरपालिकाले जग्गा व्यावस्थापनको कार्य गर्न नसक्दा फोहरमैला व्यवस्थापनको कार्य अलपत्र परेको छ ।

 

indreni vansa ghar
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.