अत्तरिया – ओलानी क्षेत्रको समृद्धिका लागि सामाजिक विकासका जोड दिनुपर्ने आवाज उठेको छ । भौतिक पुर्वाधारको विकासमा पछाडी परेको भएपनि सो संगसंगै सामाजिक विकास अपरिहार्य रहेको सो क्षेत्रका स्थानीयले बताएका हुन । सोमबार गोदावरी नगरपालिका – १२ को सातै वडा भेलामा स्थानीयले अझै पनि ओलानी क्षेत्र सामाजिक रुपमा पछाडी परेको बताए ।

स्थानीय दिर्घ राज भट्टले ओलानीको प्रमुख समस्या सामाजिक विकासको रहेको बताए । उनले ओलानीमा शिक्षा, स्वास्थ्य संगै जातिय विभेद, लैङ्गिक विभेदका समस्या व्यापक रहेको बताए । उनले यस क्षेत्रमा भौतिक विकास मात्रै गरेर समग्र सामाजको विकास सम्भव नभएको बताए । ‘ओलानीको प्रमुख समस्या सामाजिक विकासको हो । चाहे त्यो शिक्षाको सवाल होस, चाहे त्यो स्वास्थ्य खानेपानी जातिय विभेद, लैङ्गिक समस्या हुन’ उनले भने ‘यि समस्यालाई सम्बोधन गर्न आवश्यक छ ।’

उनले ओलानीको विकासको लागि कृषिमा जोड दिनुपर्ने बताए । ‘यस क्षेत्रमा कृषिमा पनि थुप्रै सम्भावन रहेको छ । यसका लागि सामान्य तरिकाले लागेर हुँदैन । यसका लागि वृहत कार्यक्रम संचालन गरिनु पर्छ’ उनले भने ‘टोलमा एक किसानले मात्रै व्यवसायीक खेती गरे । ओलानी आत्मनिर्भर बन्न सक्छ ।’
स्थानीय देव नेपालीले ओलानी विभिन्न समस्याको क्षेत्रका रुपमा चिनिदै आएको भएपनि पछिल्लो समय यहाँका समस्या घट्दै धारणा राखे । उनले भने ‘ओलानीका समस्या घट्दै जानुमा सबै क्षेत्रको उत्तिकै भूमिका छ । यस क्षेत्रमा सामाजिक समस्या पनि मुख्य समस्याका रुपमा रहेको छ । यसमा केही सुधार हुँदै गएपनि अझै प्रयाप्त छैन ।’
उनले सामाजिक विकासका कार्यक्रममा अझै बढी जोड दिनुपर्ने बताए । ‘ओलानीमा एचआइभी संक्रमित भएको क्षेत्र पनि भएकाले उनीहरुलाई पनि बजेटमा समेटिन आवश्यक छ । यस क्षेत्रमा दलित समुदायको ठूलो बसोवास छ तर, दलित समुदाय अझै पछाडी परेको छ ।
त्यसका कार्यक्रमले जोड दिनुपर्छ । अझै पनि धेरै मानिस विद्यालयको पहुच बाहिर छन । तिनीहरुका लागि कार्यक्रम सचालन गरिनु पर्छ’ उनले भने ‘ओलानीको विकासका लागि भौतिक विकासको पनि उत्तिकै आवश्यकता छ तर, त्यो भन्दा महत्तपूर्ण सामाजिक विकास हो ।’

स्थानीय पदम राज गिरीले ओलानीमा बेरोजगारको समस्या पनि विकराल रहेको बताए । उनले यसको सामाधानको लागि आफूहरुले दुध उत्पादका कार्यक्रम संचालन गरिएको बताए ।
नायक कृषि सहकारी संस्थाका अध्यक्ष समेत रहेका अहिले वडा नम्बर १२ दुध उत्पादनमा आत्मनिर्भर बन्दै गएको बताए । उनले संस्थामा हाल १३० जना जोडिएको र, मासिक ३ लाख लिटर दुध निर्यात समेत गर्न थालेको बताए । उनले ओलानीमा दुध उत्पादको राम्रो सम्भावना भएकाले ३ वटै वडालाई जोडेर ब्रान्डिङ गरिनुपर्ने बताए । उनले ओलानीको उत्पादन सुदूरपश्चिमलाई चिनाउन स्थानीय सरकारले भूमिका खेल्नुपर्ने बताए ।
वडा अध्यक्ष भीम बहादुर खड्काले वडाको समग्र विकासका लागि सामाजिक विकासका कार्यक्रमलाई जोड दिइएको बताए । उनले नीति तथा कार्यक्रममा भौतिक विकासका कार्यक्रम संगै महिला हिन्सा न्यूनिकारण, दलित छुवाछुत विरुद्धको अभियान संचालन गर्ने कार्यक्रम समेटिएको बताए ।
वडाले सामाजिक विकास तर्फका कार्यक्रमका लागि करिब २६ प्रतिशत बजेट विनियोजन गरेको छ । जसमा शिक्षा, स्वास्थ खानेपानी संगै संस्कृती प्रवद्र्धन, लैङ्गिक समानता तथा सामाजिक विकास कार्यक्रम, युवा, महिला, बालबालिका विकास कार्यक्रम, दलित, आदिवासी, जनजाती, मधेसी, मुस्लिम र पिछडा वर्गका लागि जनचेतना मुलक कार्यक्रम गरिने जनाइएको छ ।
सम्बन्धित समाचार
गोदावरी – १२ ले ल्यायो १ करोड बढीका योजना तथा कार्यक्रम
यस्ता छन गोदावरी – १२ ले चालु आर्थिक बर्षमा गरेका ४७ काम
