लम्पी स्किन नियन्त्रणमा सरकार गम्भीर बन्नुपर्छ : सांसद भण्डारी

बैतडी – प्रतिनिधि सभा सदस्य दामोदर भण्डारीले लम्पी स्किन रोगको नियन्त्रणमा सरकार गम्भिर बन्नुपर्ने बताएका छन । सोमबार प्रतिनिधि सभा बैठकको शुन्य समयमा बोल्दै बैतडीबाट निर्वाचित नेकपा एमालेका सांसद भण्डारीले उक्त कुरा बताएका हुन ।

maya metro hospital

उनले पछिल्लो समयमा लम्पी स्किन देशैभरका गाईं भैंसीमा तिब्र रुपमा फैलिदै गएकाले यसको यथाशिघ्र नियन्त्रण गरिनुपर्ने बताए । उनले लम्पी स्किन रोग लागेका पशुहरुको उपचार पनि निःशुल्क गरिनुपर्ने सरकार समक्ष माग गरे । त्यसका साथै उनले तीनै तहका सरकारसँग समन्वय गरी क्षतिको मुल्याङकन गरेर क्षतिपूर्तीको व्यवस्था गर्न समेत माग गरेका छन । उनले सुदूरपश्चिममा लम्पी स्किनको प्रकोप बढी रहेकाले त्यसको नियन्त्रणका लागि विज्ञ टोली पठाउन माग गरे ।

joshi vada pasal 2

लम्पी स्किन गाईभैसीमा लाग्ने रोग हो । हालसम्म यसको उपचार पत्ता लागेको छैन । रोग लागेका गाई भैसीहरुलाई लक्षण अनुसारका औषधीहरु मात्रै खुवाईने गरेको पशु प्राविधिकहरुले बताएका छन । यो रोगको मृत्युदर धेरै नभएपनि रोग लागेपछि शरिरमा फोका देखिने र, पछि घाउँ फुटेर भिङ्गा बस्ने समस्या हुने गर्छ । घाउँ दुखाइका कारण पशुमा जरो आउने र पछि थला पर्ने गर्छन ।

गाईभैँसीमा यो रोग देखापरेमा उच्च ज्वरो आउने, दानापानी कम खाने, दूध उत्पादन घटाउने, छालामा एकदेखि पाँच सेन्टिमिटरको साह्रो गोलो गिर्खा देखिने, थुतुनो, ओठ, मुख र नाकभित्र घाउ देखिने, आँखा र नाकबाट अत्यधिक मात्रामा तरल पदार्थ आउने, ¥याल काढ्ने, लिम्फनोडहरू सुक्नेजस्ता लक्षण देखा पर्ने पशु चिकित्सकहरु बताउँछन ।

यो रोग विशेषगरी सङ्क्रमित लामखुट्टे, झिङ्गा लगायतको टोकाइबाट लाग्छ । यो रोग ‘क्याप्री पोक्स’ नामक जिवाणुका कारण हुन्छ । संक्रमित गाईवस्तुको ओसारपसारबाट, सामुदायिक चरन क्षेत्र तथा दाना एवं पानी खाने ठाउँबाट, प्राकृतिक वा कृत्रिम गर्भाधानबाट यो रोग सर्ने पशु चिकित्सकहरु बताउँछन । यो रोग लाग्न नदिनका लागि खोप लगाउने, विश्वसनीय स्रोतबाट गाईभैँसी खरिद गर्ने, गोठलाई झिङ्गा, लामखुट्टे तथा अन्य कीराबाट मुक्त राख्ने, सरसफाइमा ध्यान दिने र आवश्यकता अनुसार कीट विकर्षकको प्रयोग गर्नु पर्छ ।

यो रोगको लाग्न नदिनका लागि भ्याक्सिन भएपनि यो सर्वसुलभ नभएकाले पशु चिकित्सकहरु बताउँछन । यो रोग लागेपछि भने यसको उपचार गर्ने औषधी छैन । यो रोग लागिसकेपछि अरु पशुहरुमा फैलिन नदिन कम्तीमा २१ दिन क्वारेन्टाइनमा राख्नुपर्ने हुन्छ । लम्पी स्किन रोग विशेषगरी गाईहरूमा र कहिलेकाहीँ भैसीहरूमा समेत देखिने पक्स भाइरस (विषाणु) समूहको लम्पी स्किन भाइरस लाग्ने गरेको छ ।

यस रोगबाट पछिल्लो समय देशैभरी तिब्ररुपमा हजारौं पशुहरु बिरामी छन भने धेरै मरेका छन् । रोगबाट पुश मर्न थालेपछि किसन चिन्तित भएका छन् ।

 

प्रतिक्रिया दिनुहोस

Your email address will not be published.