गुजरात, चेन्नई, लखनउ र मुम्बई प्लेअफमा, बैंग्लोर स्तब्ध

शुभमन गिलको शतकको मद्दतले इन्डियन प्रिमियर लिग (आइपीएल) को शीर्ष स्थानमा रहेको गुजरात टाइटन्सले रोयल च्यालेन्जर्स बैंग्लोरलाई ६ विकेटले पराजित गर्न सफल भएको छ । आइतबार राति भएको खेलमा गुजरातले बैंग्लोरले प्रस्तुत गरेको १९८ रनको लक्ष्य ४ विकेटको क्षतिमा ५ बल अगावै पछ्याएको हो ।

maya metro hospital

गुजरातका लागि गिलले ५२ बलमा १०४ रन बनाए । उनलाई ५३ रन बनाउँदै विजय शंकरले राम्रो साथ दिए । बैंग्लोरका लागि मोहम्मद सिराजले २ विकेट लिए । यसअघि, विराट कोहलीको शतकको मद्दतले बैंग्लोरले निर्धारित २० ओभरमा ५ विकेटको क्षतिमा १९७ रन बनाएको थियो । कप्तान फाफ डु प्लेसिसले २८ तथा माइकल ब्रेसवेलले २६ रनको योगदान दिए । गुजरातका लागि नुर अहमदले २ विकेट लिए ।

गुराजतको जीतसँगै मुम्बई इन्डियन्सले पनि प्रतियोगिताको प्लेअफमा स्थान बनाउन सफल भएको छ । आइतबार नै भएको खेलमा मुम्बईले हैदरावादलाई हराएको थियो । त्यस्तै, चेन्नई सुपर किंग्स र लखनउ सुपर जायन्ट्स पनि प्लेअफमा पुगेका छन् ।

attariya hospital
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.