अत्तरिया – कैलालीको ओलानी क्षेत्र विकासका दृष्टिकोणले अझै पनि निकै पछाडी छ । यहाँ भौतिक पुर्वाधारको मात्रै नभएर मानविय विकासको पनि उतिकै आवश्यकता छ । हालसम्म कालोपत्रे सडकले नजोडिएको उक्त क्षेत्रमा गरिवि, पिछडापनको समस्या पनि उस्तै छ ।

चेतनाको अभावले अझै पनि बिभिन्न कुरीतिहरु कायमै रहेको क्षेत्रका रुपमा पनि ओलानीलाई चित्रण गरिन्छ । ओलानी क्षेत्रमा नजिकको सरकारका रुपमा ३ वटा वडा छन । हाल ति वडाहरुले आर्थीक बर्ष २०८०÷८१ का लागि योजना तथा कार्यक्रम बनाइरहेका छन ।

अन्य क्षेत्रको तुलनामा पछाडी परेको यस वडामा वडा सरकारलाई स्थानीयका असिमित आवश्यकता पुरा गर्न निकै चुनौती छ । जसको झल्को वडा नम्बर १० ले आइतबार आयोजना गरेको वडा भेलामा देख्न सकिन्थ्यो । वडा भेलामा केही मात्रै स्थानीयलाई मात्रै बोल्न दिइदा पनि वडाबासिका असिमित आवश्यकता रहेको सहजै बुझ्न सकिथ्यो ।
स्थानीय गगन सिह ठगुन्नाले वडामा कृषिमा आश्रित जनसंख्या धेरै भएकाले कृषिको विकासका लागि वडाबाट नै प्रयाप्त कार्यक्रम संचालन गरिन आवश्यक रहेको बताए । उनले अहिलेको बजेट हेर्दा भने वडाबाट कृषिमा धेरै गर्न सक्ने अवस्था नदेखिएकोले निरासा व्यक्त गरे । उनले ओलानी क्षेत्रमा कृषिमा धेरै मानिसहरु जोडिएका भएपनि यस क्षेत्रमा थुप्रै अभाव रहेको बताए ।
स्थानीय झंकर कोलीले थोरै बजेटमा धेरै आवश्यकता पुरा गर्न नसकिने भएपनि जनताका प्राथमिकताका आधारमा भएको बजेट विनियोजना गरिनुपर्ने बताए । उनले पहुँच भएको क्षेत्रमा मात्रै बजेट विनियोजन गर्न नहुने बताए । ‘स्थानीयले आश गर्ने नै वडाबाट हो । स्थानीयको पहुच पनि वडामै बढी हुन्छ’ उनले भने ‘जनता वडामा जोडिएका हुनाले वडामा बढी बजेट छुट्याउन आवश्यक छ ।’

स्थानीय देव वहादुर टमटाले वडामा सडक, खानेपानी, सिचाइ लगायतका समस्या नै समस्या भएपनि ती समस्या सामाधान गर्नको लागि वडाको बजेटले नपुग्ने भएकाले नगरबाट बजेट थपिदिन आग्रह गरे ।
भेलामा वडा कार्यालयले ९४ लाख १५ हजार ७ सय १५ रुपैयाको बजेट रहेको जानकारी गराएको थियो । आगामी आर्थिक वर्षका लागि योजना तथा कार्यक्रम सार्वजनिक गर्दै वडासचिव हिक्मत साउँदले नगरले पठाएको बजेट सिलिङको आधारमा वडामा माग भई आएका योजनाहरु प्राथमिकतामा राखिएको बताए ।
उनले नगरबाट वडाको लागि छुट्याईएको बजेटमध्ये सबैभन्दा बढी भौतिक पुर्वाधार विकासतर्फ विनियोजन गरिएको बताए ।
वडाले भौतिक पुर्वाधार विकासतर्फ कुल बजेटमध्ये ४२ लाख रुपैया विनियोजन गरेको छ । जसअन्तरगत वडाभरीका आवश्यक ठाउँमा ग्राभेल, धर्मसंस्कृतिको संरक्षण गर्न मठमन्दिर निमाण, ढलनिकास तथा तटबन्धन, अति आवश्यक ठाउँमा खानेपानी तथा सिँचाई लगायतका योजनाहरु समावेश गरिएका छन । त्यसैगरी सामाजिक विकास तर्फ वडाले १७ लाख ५० हजार रुपैया विनियोजित गरिएको छ ।
जसअन्तरगत शिक्षा, स्वास्थ्य लाई प्राथमिकतामा राखिएको छ । त्यतिमात्रै नभई लक्षित वर्गहरुका व्यक्तिका लागि तथा युवाहरुका लागि आवश्यक योजनाहरु समावेश गरिएका छन । यस्तै आर्थिक विकासतर्फ २३ लाख बजेट छुट्याईएको छ ।
जसअन्तरगत कृषकहरुका लागि कृषि उपकरण, गरिब विपन्न परिवारका लागी आयआर्जनसम्बन्धीका योजनाहरु तथा युवायुवतीहरुलाई सिपमुलक तालिमका योजनाहरु समावेश गरिएका छन । वडाले विपद् व्यवस्थापन तर्फ ५ लाख ६५ हजार ७ सय १५ र सार्वजनिक सेवा तथा कार्यालय सञ्चालनका लागि ६ लाख छुट्याईएको छ ।
वडा भेलाले चालु आर्थिक वर्षमा गरेका कामहरुका बारेमा समेत जानकारी गराईएको थियो । चालु आर्थिक वर्षमा २२ वटा शुद्ध खानेपानीका समरसियल बोरिङ्ग, भागेश्वर टोलमा सिँचाई टंकी निर्माण, करिब २५ सय घनमिटर तटबन्धन, २ हजार २ सय मिटर कालोपत्रे लगायतका योजनाहरु सम्पन्न गरेको वडाध्यक्ष रविन्द्र शाहि गुड्डुले जानकारी दिए ।
उनका अनुसार वडाले चालु आर्थिक वर्षमा अन्य विभिन्न योजनाहरु सम्पन्न गरिसकेको छ । आगामी आर्थिक वर्षमा पनि वडाबासीका मागअनुसारका योजनाहरुलाई प्राथमिकता दिएको उनले बताए ।

विकास समय मा नहुदाँ आज यो गति भएको हो
३ बर्ष पहिले हुनु पर्ने काम अझै बाकिं छ अनि का बाट बजेट पुग्छ
समय मा काम हुनु पर्छ।अनि पो विकास हुन्छ महोदय