दार्चुलाका ८ हजार बढी पशुचौपायामा लम्पी स्कीनको संक्रमण

दार्चुला – दार्चुलाका लम्पी स्कीनको संक्रमण भयावह बन्दै गएको हो । जिल्लामा हालसम्म ८ हजार बढी पशुचौपायामा यो रोगको संक्रमण फैलिएको छ ।

maya metro hospital

जिल्लाका महाकाली र शैल्यशिखर नगरपालिका, व्याँस गाउँपालिका, दुहुँ गाउँपालिका, नौगाड गाउँपालिका, लेकम गाउँपालिका, मालिकार्जुन गाउँपालिका, मार्मा गाउँपालिका र अपिहिमाल गाउँपालिकाका पशुचौपायामा यो संक्रमण फैलिएको हो ।

joshi vada pasal 2

अहिलेसम्म ८ हजार २ सय ७४ पशुचौपाया (गाई गोरु, बाच्छाबाच्छी) रोगी देखिएको तथा २ सय ५३ गाई गोरु मरेको स्थानीय तहका पशु शाखाहरूले जनाएका छन् । सबैभन्दा बढी लम्पी स्कीनको प्रकोप देखिएको शैल्यशिखरमा ३ हजार पशुचौपाया संक्रमित हुनुका साथै ४० पशुचौपाया मरेको पशु सेवा शाखाका प्रमुख मुन्नी धामीले बताए ।

यस्तै नौगाड गाउँपालिका पशु सेवा शाखाका प्रमुख प्रकाश सिंह ठगुन्नाका अनुसार २ सय संक्रमित हुनुका साथै ८ पशु चौपाया मरेका छन् । संक्रमितको सङ्ख्या दिनानुदिन बढिरहेको उनले बताए । व्याँस गाउँपालिकाका १, ४, ५ र ६ नम्बर वडाहरूमा लम्पी स्कीन देखिएको पशु सेवा शाखा प्रमुख कृष्णराज भट्टले बताए । व्याँसमा अहिलेसम्म एक सय गाई गोरुमा रोग देखिएको तथा २ पशुको मृत्यु भएको छ ।

लेकम गाउँपालिका पशु शाखा प्रमुख थानेश्वर बोगटीका अनुसार पालिकाका सबै वडामा रोगको प्रकोप फैलिँदै ६ सय पशुचौपाया संक्रमित र १३ पशुचौपाया मरेका छन् । यस्तै दुहुँ गाउँपालिकामा ८ सय १६ पशुचौपाया संक्रमित भएका छन् भने ७७ पशुचौपायाको मृत्यु भएको छ । यो रोगको प्रकोप गाउँपालिकाका सबै वडामा देखिएको पशु विकास शाखाका प्रमुख भागा बडालले बताए । जिल्ला सदरमुकामस्थितको महाकाली नगरपालिकामा ३ सय ९८ पशुचौपाया संक्रमित रहेकोमा ३३ वटा मरेको पशु सेवा शाखा प्रमुख डम्बर बहादुर ठगुन्नाले बताए ।

मालिकार्जुन गाउँपालिकामा यो रोगको संक्रमण २ हजार पाँच सय पशुचौपायामा देखिएको र ती मध्ये अहिलेसम्म १५ पशुचौपाया मरिसकेको पशु शाखा प्रमुख कल्याण धामीले बताए । यस्तै मार्मा गाउँपालिकामा ६ सय पशु संक्रमित हुँदा ६२ पशु मरेको पशु सेवा शाखाका प्रमुख नन्दन सिंह ठगुन्नाले बताए । जिल्लाको अपिहिमाल गाउँपालिकामा पछिल्लो तथ्याङ्क अनुसार ६० चौपाया संक्रमित देखिएको र ती मध्ये ३ चौपायाको मृत्यु भएको दमन सिंह धामीले बताए ।

स्थानीय तहहरूले प्राविधिकहरूलाई गाउँ गाउँमा परिचालन गरेर संक्रमित पशुहरूको औषधोपचार गरिरहेको बताएका छन् । पशुमा यो रोग देखिएपछि किसानहरू चिन्तित बनेका छन् ।

प्रतिक्रिया दिनुहोस

Your email address will not be published.