कृष्णपुर – कञ्चनपुरको कृष्णपुर नगरपालिकाका सार्वजनिक विद्यालय फेरिन थालेका छन । नयाँ शैक्षिक सत्र सुरु भएसँगै विद्यालयमा पठनपाठनका गतिविधिहरु सकृय रुपमा अघि बढ्न थालेका हुन । शैक्षिक सत्र २०८० शुरु हुनु अगावै नगरप्रमुख हेमराज ओझाले विद्यालय व्यवस्थापन समितिका अध्यक्ष, विद्यालयका प्रधानाध्यापक लगायत आभिभावकसँग सार्वजनिक विद्यालयको शैक्षिक स्तर सुधारका लागि विभिन्न चरणमा छलफल अगाडी बढाएका थिए । त्यसैगरी शैक्षिक सत्र २०७९/०८० को एसइइ परीक्षा तयारीको लागि नगरका १३ माध्यामिक विद्यालयलाई नगद ५० हजार अनुदान दिएको थियो । त्यसैगरी कृष्णपुरका अधिकांश विद्यालयमा अंग्रेजी माध्यमबाट पनि पठनपाठन शुरु गरिएको छ ।

माध्यामिक तहमा दरबन्दी मिलान, आवश्यक विद्यालयहरुमा भौतिक संरचना निर्माण, शैक्षिक सामाग्री वितरण, पूर्व प्राथमिक तहका बालबालिकाहरुलाई सार्वजनिक विद्यालयप्रति आकर्षित गराउन १३ माध्यामिक विद्यालयहरुमा बाल उद्यान निर्माण लगायतका काम गरेको नगरप्रमुख ओझाले बताए ।


नगरप्रमुख ओझा भने ‘राज्यले अरबौं पैंसा सार्वजनिक विद्यालयमा लगानी गरेको छ । अत्यन्तै कडा प्रतिस्पर्धाबाट छानिएर शिक्षकहरु आउनुहुन्छ । तरपनि किन सार्वजनिक विद्यालयको नतिजा सुखद आइरहेको छैन । किन अभिभावकको मन जित्न सकिरहेको छैन यो प्रश्न चिर्न आवश्यक छ । अर्को वर्ष कक्षा ८ र १० को उत्कृष्ट नतिजाका लागि पनि विशेष तयारी गरिनुपर्छ ।’
कृष्णपुर नगरपालिका – ७ शान्तिपुरमा रहेको कन्चन माध्यामिक विद्यालयका प्रधानाध्यापक कर्मराज चौधरी पछिल्लो समय सार्वजनिक शिक्षा सुधारमा नगरप्रमुख ओझाले देखाएको सक्रियताप्रती आफुहरु पनि उत्साहित भएको बताए । उनले भने ‘कृष्णपुरको यो समयमा सार्वजनिक शिक्षाको स्तर सुधार हुन नसके कहिल्यै हुँदैन । दरबन्दी मिलानबाट नयाँ प्रधानाध्यापक नियुक्त हुनुभाछ सबैजनालाई जोश जाँगर छ ।
हामी नि मिहिनेत गरिरहेकाछौं ,यो शैक्षिक सत्रमा कञ्चन माविमा ९० जना विद्यार्थी नयाँ भर्ना भएका छन् । धेरै विद्यार्थी संस्थागत विद्यालयबाट पनि आएका छन् । अभिभावक खुशी हुनुभएको छ र उहाँहरुको माग अनुरुप हामीले डे होस्टेलको व्यवस्था गरेका छौं अहिलेसम्म १०७ जना भर्ना भैसकेका छन्, । संस्थागत विद्यालयमा अध्ययनरत विद्यार्थीका अभिभावक ज्यु पनि हाम्रा बच्चालाई पनि डे होस्टेल हाल्दिनुप¥यो भन्दैछन हामीले हाम्रै विद्यार्थीलाई प्राथमिकतामा राखेका छौं ।’
२० आधारभुत विद्यालय र १३ माध्यामिक गरि जम्मा ३३ विद्यालय रहेको कृष्णपुरमा हजारौं विद्यार्थी अध्ययनरत छन् ।
