आईपीएल : हैदराबादलाई ३४ रनले पराजित गर्दै गुजरात प्लेअफमा

काठमाण्डौ – इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटको शीर्ष स्थानमा रहेको गुजरात टाइटन्स प्लेअफमा पुगेको छ । आईतबार राती भएको खेलमा सनराइजर्स हैदराबादलाई ३४ रनले पराजित गर्दै गुजरात प्लेअफमा पुग्ने पहिलो टोली समेत बनेको छ ।

maya metro hospital

गुजरातको घरेलु मैदान अहमदाबादमा गुजरातले दिएको १ सय ८९ रनको लक्ष्य पछ्याएको हैदराबादले निर्धारित २० ओभरमा ९ विकेट गुमाएर १ सय ५४ रन मात्रै बनाउन सकेको थियो ।

joshi vada pasal 2
raunak fals and silling

उसका लागी हेनरिच क्लासेनले सर्वाधिक ६४ रन बनाएका थिए भने भुवनेश्वर कुमारले २७ रन जोडेका थिए । हैदराबादका अरु खेलाडीले राम्रो प्रदर्शन गर्न सकेनन् ।

बलिङमा गुजरातका मोहम्मद शामी र मोहित शर्माले समान ४/४ विकेट लिएका थिए भने यस दयालले एक विकेट लिए । त्यसअघि टस हारेर पहिला ब्याटिङ गरेको गुजरातले निर्धारित २० ओभरमा ९ विकेट गुमाएर १ सय ८८ रन बनाएको थियो । उसका लागी शुभमन गिलले १ सय १ रनको शतकीय पारी खेले । त्यस्तै साई सुदर्शनले ४७ रन जोडे ।

हैदराबादका भुवनेश्वर कुमारले ५ विकेट लिए । जितसँगै गुजरात १३ खेलमा १८ अङ्कका साथ शीर्ष स्थानमा कायमै रहेको छ । हैदराबाद १२ खेलमा आठ अङ्कका साथ तालिकाको नवौँ स्थानमा छ ।

indreni vansa ghar
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.