कञ्चनपुर – कञ्चनपुरबाट अवैध सामान बरामद गरेको छ । भीमदत्त नगरपालिका –.४ चमनचोकबाट आइतबार विहान भन्सार छलीका सामान बरामद गरिएको हो ।
प्रहरी टोलीले बिशेष सुराकीको आधारमा विभिन्न किसिमका हेडफोनहरु, स्मार्ट घडी, एरफोन, वारलेस माईक, चिनी, बिडी, तेल र एक थान साईकल समेत बरामद गरेको छ । करिब २ लाख ८४ हजार हजार २ सय ३० मुल्य बराबरका अवैध समान प्रहरीले बरामद गरेको हो ।
भन्साल छलीमा संलग्न एक जना व्यक्तिलाई समेत नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ । बरामद गरिएका सामानसहित ती व्यक्तिलाई भन्सार कार्यालय गड्डाचौकी पठाइएको छ ।