आरजुविरुद्ध अनर्गल प्रचार नगर्न ध्यानाकर्षण

नेपाल तरुण दलले माउ पार्टी नेपाली कांग्रेसकी नेतृ आरजु राणा देउवाविरुद्ध अनर्गल प्रचार नगर्न ध्यानाकर्षण गरेको छ । कांग्रेस सभापति शेरबहादुर देउवाकी पत्नी समेत रहेकी आरजुको नाम नक्कली भुटानी शरणार्थीमा मुछिएको छ ।

maya metro hospital

कांग्रेस केन्द्रीय सदस्य तथा सांसद समेत रहेकी राणालाई विदेश भागेको भनेर चरित्र हत्या गर्ने खालको अनर्गल प्रचारप्रपति तरुण दलको गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।

तरुण दलका अध्यक्ष विद्धान गुरुङले आइतबार एक विज्ञप्ति जारी गर्दै कुनै ठोस प्रमाण विना कसैप्रति लाञ्छना लगाउनु गम्भीर अपराध भएको बताए । ‘भुटानी शरणार्थी काण्ड प्रहरी अनुसन्धानमै रहेको हुँदा कुनै ठोस प्रमाण बिना कसैप्रति लान्छना लगाउनु गम्भीर अपराध हो ।

attariya hospital

यसप्रति सबै सरोकारवालाहरु सचेत रहन नेपाल तरुण दल केन्द्रिय समिति आग्रह गर्दछ,’ विज्ञप्तिमा भनिएको छ । यस्तै अध्यक्ष गुरुङले अनुसन्धानमा तरुण दलको पूर्ण सहयोग रहने बताए ।

प्रतिक्रिया दिनुहोस

Your email address will not be published.