दार्चुला– दार्चुलामा चट्याङ लागेर ३ जना घाइते भएका छन् । व्यास गाउँपालिका– २ हुम्दुङती स्थित पाटनमा यार्चागुम्बा संकलन गरिरहेको अवस्थामा चट्याङ लागेर तीन जना संकलक घाइते भएका हुन् ।
शनिवार राति करिब ८ बजेतिर हुम्दुङतीस्थित पाटनमा चट्याङ लागेर ३ जना यार्सागुम्बा संकलकहरु घाइते भएको प्रहरिले जनाएको छ ।
चट्याङ लागेर दुहुँ गाउँपालिका– २ हिकिलाका १८ वर्षीय महेश बडाल, सोही गाउँपालिका– १ पिपलचौरी बस्पालीका ३७ वर्षीय आनसिंह महरा र उनकी ३० वर्षीया श्रीमती मानमती महरा घाइते भएका हुन् ।
दार्चुला प्रहरीका अनुसार हुम्दुङतीस्थित पाटनमा चट्याङ लागेर घाइते भएको खबर प्राप्त भएपछि अस्थायी प्रहरी पोष्ट दुम्लिङबाट प्रहरी साहयक निरीक्षक नारायण विष्टको टोली घटनास्थलमा खटिएको छ ।