ठेकेदारले पानी हाल्न थालेपछि स्याउलेमा स्थानीयले गरेको सडक अवरोध हट्यो

अत्तरिया – शुक्रबार बिहान देखि स्थानीयले अवरुद्ध गरेको निर्माणाधिन धनगढी – स्याउले सडक सूचारु भएको छ । स्थानीयले निर्माणाधिन सडकमा पानी नहाल्दा धुलाम्मे भएको भन्दै अवरुद्ध पारेको सडक नियमित रुपमा सूचारु भएको हो ।

maya metro hospital

स्याउले बजार व्यवस्थापन समितिका अध्यक्ष गोपाल देउवाले निर्माण कम्पनीले सडकमा नियमित पानी हाल्न थालेपछि धुलो उड्न बन्द भएकाले सडकको अवरोध हटाएको बताए । उनले हाल ठेकेदारले बिहान ८ र दिउँसो १ बजे पानी हाल्ने गरेको बताए । सडकमा पानी हालेर धुलो उड्न छोडेपछि स्थानीयले ठेकेदारलाई धन्यावाद दिएका छन् ।

धनगढी दिपायल फास्टट्रयाक अन्तर्गत २०७८ जेठमा धनगढी अत्तरिया १३ दशमलव ४ किलोमिटर सडक कालोपत्रे गर्न खड्का कृष्ण नारायणम् जेभी संग १८ करोड ५१ लाखमा ठेक्का सम्झौता भएको थियो । सोही सम्झौता अनुसार सडकको काम ३० महिनाभित्र सक्नुपर्ने छ ।

attariya hospital

खुटिया–दिपायल २०६४ मा औपचारिक रूपमा सर्भे भई ट्र्याक खोल्न सुरु भएको थियो । त्यसबेला खुटियादेखि दिपायलसम्म ८२ किलोमिटर सडक सर्भे भए पनि पछि पूर्वपश्चिम राजमार्गदेखि धनगढीसम्मको १० किलोमिटर सडक पनि थपेर ९२ किलोमिटरको धनगढी–दिपायल द्रुतमार्ग बनाउने निर्णय भएको थियो ।

प्रतिक्रिया दिनुहोस

Your email address will not be published.