दार्चुला – दार्चुलाको महाकाली नदी किनारमा भेटिएको शवको पहिचान खुलेको छ । जिल्लाको महाकाली नगरपालिका–५ नमस्कारस्थित महाकाली नदी किनारमा शनिबार बिहान ९ः४० बजे ढुंगामा अडकिएको अवस्थामा फेला परेको शवको पहिचान खुलेको हो ।
जिल्ला प्रहरी कार्यालय दार्चुलाका प्रवक्ता प्रहरी निरीक्षक ज्ञानेन्द्र सिंहका अनुसार उक्त शव भारत पिथौरागढको तहसिल धारचुलास्थित चौदास बस्ने सोभान वर्माका ३६ वर्षीय छोरा राम लाल वर्माको रहेको खुलेको छ ।
मृतकका आफन्तजन सम्पर्कमा आएको र मृत्युको कारण खुल्न नसकेको उनले बताए । भारततर्फबाट उक्त शव बगेर आएको हुन सक्ने आशंका गरिएको छ ।