आइपिएलबाट बाहिरियो दिल्ली

काठमाडौं – दिल्ली क्यापिटल्स जारी इन्डियन प्रिमियर लिग (आइपीएल) २०२३ को उपाधी दौडबाट बाहिरिएको छ । गएराती भएको खेलमा दिल्ली पन्जाब किंग्ससंग ३१ रनले पराजित भएसंगै आइपिएलबाट बाहिरिएको हो ।

maya metro hospital

टस हारेर पहिले ब्याटिङ गरेको पन्जाबले निर्धारित २० ओभरमा ७ विकेट गुमाएर १ सय ६७ रन बनाएको थियो । जवाफमा दिल्लीले निर्धारित २० ओभरमा ८ विकेट गुमाएर १ सय ३६ रन मात्र बनायो र खेल ३१ रनले हार्न पुग्यो । दिल्ली १२ खेलबाट जम्मा ८ अंक पाउँदै अंक तालिकाको पुछारमा रहेको छ । दिल्लीले ४ खेलमा जित र ८ खेलमा हार व्यहोरेको हो । पन्जाब किंग्स भने १२ अंक जोड्दै तालिकाको छैठौं स्थानमा रहेको छ । पन्जाबले आफ्नो प्लेअफ सम्भावना कायमै राखेको छ ।

joshi vada pasal 2
raunak fals and silling

गएराती दिल्लीमाथी जित निकाल्न पन्जाब किंग्सका ओपनर प्रभसिमरन सिंहले ६५ बलमा १० चौका र ६ छक्काको सहयोगमा १ सय ३ रनको शतकीय ईनिङ्स खेले । आइपीएलमा सिंहको यो पहिलो शतक हो । पन्जाबका लागि साम करनले २० तथा सिकन्दर राजाले ११ रन बनाउनु बाहेक अन्य ब्याटरले दोहोरो अंकमा समेत रन बनाउन सकेनन् ।

दिल्लीका लागि ईशान्त शर्माले २ तथा प्रबिन दुवे, अक्षर पटेल, कुलदिप यादव र मुकेश कुमारले समान १÷१ विकेट लिए ।
त्यसैगरी जितको लागि १ सय ६८ रनको लक्ष्य पछ्याएको दिल्लीका लागि ओपनर डेबिड वार्नरले सर्वाधिक ५४ रनको योगदान दिए । दिल्लीका अन्य ब्याट्सम्यानले राम्रो स्कोर बनाउन सकेनन् । पन्जाबलाई जिताउन हरप्रीत बरारले ४ ओभरमा ३० रन खर्चेर महत्वपूर्ण ४ विकेट लिए । त्यसैगरी नेथन एलिसले ४ ओभरमा २६ रन खर्चेर २ विकेट लिए । राहुल चाहरले ४ ओभरमा १६ रन खर्चेर २ विकेट लिए ।

इन्डियन प्रिमियर लिग ‘आइपीएल २०२३ मा १२ खेलको समाप्ती संगै गुजरात टाइटंस १६ अंकका साथ पहिलो, चेन्नई सुपर किंग्स १५ अंकका साथ दोस्रो मुम्बई इंडियन्स १४ अंकका साथ तेस्रो तथा लखिऊ सुपर जायंट्स १३ अंक पाएर चौथो स्थानमा रहेका छन ।

indreni vansa ghar
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.