धनगढीस्थित खाद्य गोदाममा आगलागी, झण्डै ६ करोडको क्षती

धनगढी – कैलालीको धनगढीस्थित एउटा खाद्य गोदाममा आगलागी भएको छ । धनगढीकस्थित उत्तरबेहडीको दक्षिणकाली मार्गमा रहेको पीपी ट्रेडर्समा शनिबार राति आगलागी भएको हो ।

maya metro hospital

विद्युत्को तार सर्ट भएर आगलागी भएको कैलाली प्रहरीले बताएको छ । आगलागीबाट गोदाममा रहेका चामल, भुजा, खाने तेल, फ्रुटी, चिउरा, चाउचाउलगायत सम्पूर्ण खाद्य सामग्री पूर्ण रुपमा नष्ट भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक खगेन्द्र साउँदले बताए ।

आगलागीबाट झन्डै ६ करोडको क्षति भएको सञ्चालक कृष्णदत्त पाण्डेको भनाइ रहेको छ । धनगढी उपमहानगरपालिकाको वारुणयन्त्रको प्रयोग गरेर नेपाल प्रहरी, सशस्त्र प्रहरी र स्थानीयले आगो नियन्त्रणमा लिएको प्रहरीले बताएको छ ।

 

attariya hospital
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.