खाेज्नुहाेस

भ्रष्ट्राचार अन्त्यका लागी अत्तरियाका युवाहरु सडकमा

Image

अत्तरिया – देशमा बढीरहेको भ्रष्ट्राचारको अन्त्यका लागी युवाहरु सडकमा उत्रिएका छन । कैलालीको अत्तरियामा भ्रष्ट्राचार विरुद्ध स्वस्फुर्त युवाहरुको समुह सडकमा उत्रिएको हो ।

navjiwan hospital

स्वस्फुर्त युवाहरुको समुहले देशमा बढीरहेको भ्रष्ट्राचारको अन्त्यका लागी शनिबार अत्तरियामा प्रर्दशन गरेको छ । भ्रष्ट्राचार अन्त्यका लागी सरकारलाई दवाव दिन प्रर्दशन गरिएको युवा जय बहादुर धामीले बताए ।

attariya hospital

उनले भ्रष्ट्राचार गरेर देशलाई आर्थिक संकटमा पार्नेहरुलाई कारबाही गरिनुपर्ने बताए । अत्तरिया चौराहामा आधा घण्टा गरिएको प्रर्दशनमा विभिन्न राजनितिक दलका प्रतिनिधिहरुको समेत सहभागीता रहेको थियो ।

सहभागीहरुले हाम्रो सडक आन्दोलन निष्पक्ष न्यायलाई सघाउन भ्रष्ट्राचारी भगाउन, भ्रष्ट्राचारी देशलाई भारी, किन पक्ष विपक्ष निर्णय गरौ निष्पक्ष, नक्कली भुटानी काण्ड सक्कली तरिकाले छानविन होस, हिम्मतको लागी आभारी खुट्टा कमाए खबरदारी, भ्रष्ट्राचारी धपाऔ देशलाई बचाऔ लगायतका नारा लेखिएका पम्पलेटहरु बोकेका थिए ।