दार्चुला – नदीको ढुंगामा अड्किएको अवस्थामा दार्चुलामा एक पुरुषको शव फेला परेको छ ।
शनिवार बिहान महाकाली नगरपालिका वडा नम्बर–५ स्थित महाकाली नदीको ढुङ्गामा अड्किएको अवस्थामा पुरुषको शव फेला परेको दार्चुला प्रहरीले जनाएको छ ।
प्रहरी टोलीले उक्त लासलाई नदीबाट निकाली जिल्ला अस्पताल दार्चुलाको लास घरमा राखेको र लासको हाल सम्म सनाखत हुन नसकेको प्रहरीले जनाएको छ ।
मृतकले लगाएको ट्रयाकको खल्तीमा अन्जानी टुर एण्ड ट्राभल्स (टनकपुर, महेन्द्रनगर, बरेली, हल्द्धानी, हरीद्दार, देहरादुन, दिल्ली) लेखेको भिजिटिङ कार्ड फेला परेको छ । मृतक अन्दाजी ३०/३५ वर्षीय रहेको प्रहरीले बताएको छ ।