खाेज्नुहाेस

सडक धुलाम्मे हुँदा स्थानीयलाई सास्ती

Image

अत्तरिया – निर्माणाधिन धनगढी – स्याउले सडक धुलाम्मे हुँदा स्थानीय सास्ती खेप्न बाध्य भएका छन् । करिब डेढ दशकको प्रतिक्षापछि निर्माण हुन थालेको धनगढी – स्याउले सडक निर्माणको क्रममा धुलाम्मे हुँदा स्थानीयले सास्ती भोगिरहेका हुन ।

धनगढी दिपायल फास्टट्रयाक अन्तर्गत २०७८ जेठमा धनगढी अत्तरिया १३ दशमलव ४ किलोमिटर सडक कालोपत्रे गर्नेको लागि सम्झौता भएर काम अगाडी बढेको भएपनि ठेकेदार कम्पनीले सडकमा नियमित पानी नहाल्दा सडक धुलाम्मे हुने गरेको छ । सडक धुलाम्मे हुँदा बजार क्षेत्र रहेको गोदावरी नगरपालिका – ८ स्याउले क्षेत्रका स्थानीय आक्रोशित भएका छन ।

attariya hospital

उनीहरुले सडक किनारमा बस्न सक्ने अवस्था नभएको भन्दै शुक्रबार विरोध जनाउँदै सडकका सवारी साधन चल्न समेत रोकेका थिए ।

निर्माणाधिन सडकमा दैनिक सयौंको संख्यामा सवारी साधन संचालन हुँदा धुलोले व्यापार व्यवसाय संगै हिडडुल गर्न समेत निकै सास्ती हुने गरेको स्याउले बजार व्यवस्थापन समितिका अध्यक्ष गोपाल देउवाले बताएका छन् । उनले सडकमा दिनहु सयौं गाडीहरू गुडेर उड्ने धुलोका कारण आफूहरूको व्यापार व्यवसाय चौपट भइरहेको बताए ।

navjiwan hospital

आक्रोशित स्थानीयले स्याउनले बजारमा सडकमा ढुंगा र काठका मुडा राखेर सडक अवरुद्ध पारेका थिए । सडक निर्माणको जिम्मा लिएको खड्का कृष्ण जेबी निर्माण कम्पनीले निर्माणाधीन सडक धुलाम्मे हुँदा पनि त्यसको व्यवस्थापनमा ध्यान नदिएको स्थानीयको आरोप छ ।

maya metro hospital

शुक्रबार बिहान स्थानीयले विरोध जनाएपछि निर्माण कम्पनीले पानी हाल्न सुरु गरेको भएपनि त्यो प्रयाप्त नभएको स्थानीयले बताएका छन । अध्यक्ष देउवाले ठेकेदारले सडकमा थोरै मात्र पानी हाल्दा उक्त पानी १ घण्टामै सुकेर फेरी सडक धुलाम्मे भएको बताए । उनले सडकमा ठेकेदारले नियमित प्रयाप्त पानी हाल्ने लिखित सहमति नगरेसम्म विरोधका कार्यक्रम जारी रहने बताए ।

स्थानीय भरत विक्रम शाहले धुलोले गर्दा सडकमा सास फेर्न पनि समस्या भइरहेको बताए । ‘सडक नजिक घर भएकाहरुको घरभित्र धुलैधुलो भएको छ’ उनले भने ‘यो बाटो बर्षैदेखि पीच बन्छ भनेर सपना मात्रै बाडेर धुलो मात्रै खानुपारेको छ ।’ उनले तत्काल सडकमा धुलो उड्ने समस्या सामाधानका लागि नियमित पानी हालिनुपर्ने बताए ।

Karma Consultancy

स्थानीय व्यवसायी दिर्घ बोगटीले सडक किनारामा व्यवसाय गर्न निकै समस्या भइरहेको बताए । ‘यहाँ अति भइसकेको छ । सास फेर्न पनि गाह्रो भइसकेको छ’ उनले भने ‘हामी आफैले सडकमा अलि अलि पानी हालेपनि त्यसले कामै गदैन । ठेकेदारले सडक निर्माण नसकिदा सम्म नियमित पानी हाल्नु पर्छ ।’

धनगढीको हसनपुर सामुदायिक प्रहरी सेवा केन्द्रदेखि पूर्वपश्चिम राजमार्गको स्याउले सम्म सडक कालोपत्रे गर्न २०७८ जेठमा खड्का कृष्ण नारायणम् जेभी संग १८ करोड ५१ लाखमा ठेक्का सम्झौता भएको थियो । सम्झौता अनुसार सडकको काम ३० महिनाभित्र सक्नुपर्ने छ ।
धनगढी–खुटिया–दिपायल–चैनपुर–उरैभन्ज्याङ सडक योजना अन्तर्गत मुख्य सडक मार्ग खुटिया–दिपायल हो ।

खुटिया–दिपायल २०६४ मा औपचारिक रूपमा सर्भे भई ट्र्याक खोल्न सुरु भएको थियो । त्यसबेला खुटियादेखि दिपायलसम्म ८२ किलोमिटर सडक सर्भे भए पनि पछि पूर्वपश्चिम राजमार्गदेखि धनगढीसम्मको १० किलोमिटर सडक पनि थपेर ९२ किलोमिटरको धनगढी–दिपायल द्रुतमार्ग बनाउने निर्णय भएको थियो ।