स्वावलम्बन लघुवित्त संस्थाका सहायक प्रबन्धक बर्खास्त

अत्तरिया – स्वावलम्बन लघुवित्त वित्तिय संस्थामा कार्यरत एक जना कर्मचारी बर्खास्त भएका छन । संस्थाको बनेपा उपशाखामा सहायक प्रबन्धक पदमा कार्यरत भुभन खतिवडा बर्खास्त भएका हुन ।

maya metro hospital

उनलाई संस्थाका नायब विभागीय प्रबन्धक निलकण्ठ पौडेलले एक सुचना जारी गर्दै ग्राहक सदस्यबाट संकलन गरेको रकम पुरा दाखिला नगरी हिनामिना गरेको भन्दै बर्खास्त गरेको बताएका छन ।

त्यसका साथै खतिवडाले मृत्यु भैसकेका व्यक्तिहरुलाई गैरकानुनी रुपमा समुहमा राखी मृतकको नाममा कर्जा प्रवाह गरी तथा बिमा दावी भुक्तानी समेत लिई भ्रष्ट्राचार गरेको पाईएको जारी सुचनामा उल्लेख गरिएको छ ।

attariya hospital

बर्खास्तमा परेका खतिवडासँग कुनै किसिमको संस्थागत कारोबार नगर्न र नगराउन पनि सुचनामा भनिएको छ ।

प्रतिक्रिया दिनुहोस

Your email address will not be published.