कैलालीमा मिटर व्याज पीडितलाई निवेदन दिन ७ दिन म्याद थपियो

अत्तरिया – जिल्ला प्रशासन कार्यालय कैलालीले अनुचित लेनदेन (मिटर व्याज) पीडितलाई निवेदन दिन ७ दिनको म्याद थप गरेको छ ।

maya metro hospital

प्रशासन कायालयले शुक्रबार एक सूचना जारी गर्दै मिटर व्याज सम्बन्धी जाँचबुझ आयोग २०७९ बाट निवेदन आह्वान भए वमोजिम मिटर व्याज पीडितलाई निवेदन दिन अनुरोध गरेकोे हो ।

यसअघि प्रशासनले बैशाख १७ गते देखि ३१ गते सम्म १५ दिन मिटर व्याज पीडितलाई निवेदन दिन अनुरोध गरेको थियो ।

attariya hospital

प्रशासनले पीडितलाई आफूसंग भएका सबुत प्रमाण सहित कार्यालय परिसर भित्र स्थापना भएको अनुचित लेनदेन पीडित सहायता कक्षमा सम्पर्क राखी तोकिएको ढाचामा फारम भर्न अनुरोध गरेको छ ।

प्रतिक्रिया दिनुहोस

Your email address will not be published.