धनगढी – सुदूरपश्चिम प्रदेशका भौतिक पूर्वाधार विकास मन्त्री प्रकाश देउवाले आफ्नो निर्वाचन क्षेत्र अन्तर्गतका विकास निर्माणका योजनाको अनुगमन गरेका छन् । उनले कैलाली निर्वाचन क्षेत्र नम्बर ५ प्रदेश ‘ख’ अन्तर्गतका विभिन्न वडामा संचालित योजनाहरुको अनुगमन गरेका हुन् ।
प्रदेश सरकारद्वारा संचालित योजनाको अनुगमन गर्दै मन्त्री देउवाले सरोकारवालालाई सम्झौताको अवधिभित्रै योजना सम्पन्न गर्न निर्देशन दिएका छन् ।
सो अवसरमा समन्धित वडाका वडा अध्यक्षहरूले अब आवश्यक योजनाका बारेमा मन्त्रीलाई मागसमेत गरेका छन् ।