धनगढी – धनगढीमा ६ लाख बराबरका अवैध सामान बरामद गरिएको छ । धनगढी उपमहानगरपालिका–१० जुगेडाबाट भारतीय नम्बरको पल्सर मोटरसाइलसहित ६ लाख बराबरका अवैध सामान बरामद गरिएको प्रहरीले जनाएको छ ।
अस्थायी प्रहरी पोष्ट जुगेडा र जिल्लाको संयुक्त टोलीले अवैध सामान बरामद गरेको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी निरीक्षक खगेन्द्र साउदले जानकारी दिए ।
बरामद गरिएका सामान आवश्यक कारवाहीका लागि भन्सार कार्यालय कैलालीमा बुझाईएको उनले बताए ।