धनगढी – भ्रष्टाचारविरुद्ध नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) ले धनगढीमा प्रदर्शन गरेको छ । नेकपा एसको कैलाली जिल्ला कमिटीले भ्रष्टाचारविरुद्ध जुलुससहित प्रदर्शन गरेको हो ।
धनगढीको एलएन चोकबाट सुरु भएको प्रदर्शन जिल्ला प्रशासन कार्यालय कैलालीको प्रवेशद्वारमा नारावाजी गर्दै कोणसभामा परिणत भएको थियो ।
नेपालीलाई भुटानी शरणार्थी बनाई भ्रष्टाचार गर्ने गिरोहलाई कानुनी दायरामा ल्याउन माग गर्दै प्रदर्शन गरिएको जिल्ला अध्यक्ष विमल जोशीले बताए ।