सुदूरपश्चिम सरकारमा नागरिक उन्मुक्तिबाट २ मन्त्री बन्दै

धनगढी – सुदूरपश्चिम सरकारमा नागरिक उन्मुक्ति पार्टी दुई मन्त्री सहभागि हुने भएका छन । बुधबार नागरिक उन्मुक्तिको संसदीय दलको बैठकले दुई जना मन्त्री बनाउने निर्णय अनुसार संसदीय दलको नेता र प्रमुख सचेतक फेरेको छ । बैठकले रामेश्वर चौधरीलाई दलको नेताबाट हटाएर घनश्याम चौधरीलाई नै दलको नेता बनाउने निर्णय गरेको हो ।

maya metro hospital

रामेश्वर र लक्ष्मणकिशोर सरकारमा सहभागी हुने भएकाले नेता र प्रमुख सचेतक फेरिएका हुन् । यसअघि प्रमुख सचेतक रहेका लक्ष्मणकिशोर चौधरीलाई हटाएर प्रमुख सचेतकको जिम्मेवारी खुसीराम चौधरी र सचेतकको जिम्मेवारी कैलाश चौधरीलाई दिइएको छ ।

यसअघि दलको नेता रहेका रामेश्वरले आफूहरू दुईजना सरकारमा सहभागी हुने भएपछि संसदीय जिम्मेवारी अरूलाई दिइएको बताए । दुई मन्त्रीसहित आफ्नो पार्टीमा सरकारमा सहभागी हुन लागेको उनले बताए  ।

attariya hospital

काठमाडौंमा गठबन्धनका शीर्ष नेताहरूलाई भेटेर फर्केका मुख्यमन्त्री कमलबहादुर शाहले सरकार विस्तार गर्ने तयारी थालेका छन् ।

प्रतिक्रिया दिनुहोस

Your email address will not be published.