बाजुराको बिछ्या केन्द्रविन्दु भएर भूकम्पको धक्का

बाजुरा – बाजुराको बिछ्या केन्द्रविन्दु भएर भूकम्प गएको छ । राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्र लैनचौरका अनुसार बाजुराको बिछ्या केन्द्रविन्दु भएर बिहीवार बिहान ५ बजेर १५ मिनेट जाँदा ४ दशमलव ३ रेक्टरस्केलको भूकम्प गएको हो ।

maya metro hospital

यसअघि बाजुराकै बिछ्या केन्द्रविन्दु भएर यही बैशाख २३ गते ४ दशमलव १ रेक्टरस्केलको भूकम्प गएको थियो। पछिल्लो समय नेपालको पूर्वी तथा पश्चिमी क्षेत्र केन्द्रविन्दु भएर भूकम्प जाने क्रम जारी छ ।

नेपालको हिमाली तथा पहाडी क्षेत्रलाई भूकम्पको जोखिम क्षेत्रको रुपमा लिने गरिन्छ ।
रासस

attariya hospital
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.