नागरिक उन्मुक्तिका सुदूरपश्चिम संसदीय दलका नेता र प्रमुख सचेतक फेरिए

धनगढी – नागरिक उन्मुक्ति पार्टी सुदूरपश्चिम प्रदेश संसदीय दलको नेताबाट रामेश्वर चौधरीलाई हटाइएको छ । बुधबार संसदीय दलको कार्यालयमा बसेको बहुमत सदस्यहरूको बैठकले रामेश्वर चौधरीलाई संसदीय दलको नेताबाट हटाउँदै घनश्याम चौधरीलाई जिम्मेवारी दिएको हो ।

maya metro hospital

उक्त बैठकमा रामेश्वर चौधरी भने उपस्थित थिएनन् । सात जना प्रदेश सभा सदस्य रहेको नागरिक उन्मुक्ति पार्टीमा चार जनाको हस्ताक्षर सहित संसदीय दलको नेता परिवर्तन गरेको सूचना प्रदेश सभा सचिवालयमा दिइएको छ ।

त्यस्तै प्रमुख सचेतकको जिम्मेवारी खुसीराम चौधरीलाई दिइएको छ । यस अघि लक्ष्मण किशोर चौधरी प्रमुख समेतक थिए । सचेतकको जिम्मेवारी कैलाश चौधरीलाई दिइएको छ ।

attariya hospital

संसदीय दलको नेता सहित अन्य जिम्मेवारी परिवर्तन गर्न बसेको बैठकमा लक्ष्मण किशोर चौधरी, धनश्याम चौधरी, खुसीराम चौधरी र कैलाश चौधरी उपस्थित थिए ।

इन्दिरा गिरी बैठकमा उपस्थित भएपनि हस्ताक्षर भने गरिनन् । त्यस्तै बैठकमा रामेश्वर चौधरी र टिका थापा भने उपस्थित थिएनन् ।

प्रतिक्रिया दिनुहोस

Your email address will not be published.