अत्तरिया – कैलालीका गोदावरी नगरपालिका भित्र संचालनमा रहेका सामुदायिक विद्यालयहरुमा निःशुल्क शिक्षा कार्यान्वयन गर्न अनुरोध गरिएको छ ।
गोदावरी नगरपालिकाको शिक्षा, युवा तथा खेलकुद शाखाले एक सूचना जारी गर्दै माध्यमिक तह सम्म शुल्क नलिन अनुरोध गरेको हो ।
सूचनामा नगरपालिका अन्तरगतका केही सामुदायिक विद्यालयहरुले विद्यार्थीहरुबाट शुल्क लिने गरेको र, शुल्क तिर्न नसके विद्यार्थीहरुले पढाई छोड्नुपर्ने अवस्था सिर्जना भएको गुनासो आएको भन्दै विद्यार्थीहरुबाट कुनै पनि किसिमको शुल्क नलिई निःशुल्क शिक्षा कार्यान्वय गर्न अनुरोध गरीएको छ ।