बैतडी – राष्ट्रिय युवा संघ नेपालकी केन्द्रिय सचिव बिष्णा चन्दले राजीनामा दिएकी छन् । नेपालगञ्जमा भएको अधिवेशनबाट महिलातर्फको सचिव बनेकी बैतडीकी चन्दले आफुलाई अहिले आएर सदस्यमा राख्न खोजेपछि राजीनामा दिएको बताएकी छन ।
आफूमाथि महिला भएकै कारण अपमान भएको उनको भनाई छ । कुनैपनि किसिमका अपमान स्वीकार्य नहुने उल्लेख गर्दै उनले पदबाट राजीनामा दिएको पत्रमा उल्लेख गरेकी छन ।
२०६४ सालदेखि संघको विभिन्न जिम्मेवारी निभाउँदै यहाँसम्म आइपुगेको जनाउँदै उनले सचिवबाट पदाधिकारी सरह भनेर सदस्यको व्यवहार गरिएपछि राजीनामा दिनु परेको बताएकी छन । उनले राष्ट्रिय युवा संघका केन्द्रिय अध्यक्षलाई राजीनामा पत्र बुझाएकी हुन् ।