बैतडीको पुर्चाैडीले शिविर सञ्चालन गरेर योजनाको भुक्तानी दिने

बैतडी – बैतडीको पुर्चाैडी नगरपालिकाले शिविर सञ्चालन गरेर योजनाको भुक्तानी दिने भएको छ । नगरपालिकाले बिहिबार देखी वडातहबाटै शिविर सञ्चालन गरेर योजनाको भुक्तानी गर्न लागेको हो ।

maya metro hospital

नागरिकहरुको सुविधाको लागि कार्यपालिकाबाट निर्णय गरेर भुक्तानी शिविर सञ्चालन गर्ने अवधारणा अघि सारिएको नगरपालिकाका नगर प्रमुख दिपक बहादुर बमले बताए । भौगोलिक विकटताका कारण नागरिकहरुलाई असहज भैरहेका बेला आफुहरुले वडामै शिविर सञ्चालन गरेर भुक्तानी गर्ने निर्णय गरेको उनले बताए ।

बैशाख २८ गतेबाट भुक्तानी शिविरको आयोजना गरीने बताइएको छ । शिविरमा नगरपालिकाको वार्षिक कार्यक्रम अनुसार सम्पन्न भइसकेका योजनको भुक्तानी गरिने छ ।

attariya hospital

भुक्तानी शिविर सञ्चालन गरेर योजनाहरुको भुक्तानी गर्ने अवधारणा बैतडमिा पहिलो पटक पुर्चाैडीले सुरुवात गर्न लागेको हो । यस अघि अरु कुनै स्थानीय तहले यस्तो किसिमको शिविर सञ्चालन गरेका छैनन् । शिविरबाट नागरिकहरुलाई सहज हुने अपेक्षा गरिएको छ ।

प्रतिक्रिया दिनुहोस

Your email address will not be published.