गोदावरी नगरपालिका भवनको छतमा परेका चिरा टालिदैं

अत्तरिया – कैलालीको गोदावरी नगरपालिकाको निर्माणाधिन भवनको छतमा चर्किएका चिरा टाल्न सुरु गरिएको छ । एशियाली विकास बैंक (एडीवी) को सहयोगमा क्षेत्रीय सहरी विकास आयोजना कार्यान्वयन इकाई धनगढी मार्फत निर्माण भइरहको उक्त भवन हस्तान्तर नहुँदै छतमा चर्किएको खबर अत्तरिया खबरमा प्रकाशित भएपछि चिरा टाल्न थालिएको हो ।

maya metro hospital

उक्त भवन निर्माणका लागि ठेक्का पाएको एम/एस शर्मा एण्ड कम्पनीले छतमा चिरा टाल्न पनिङको काम भइरहेको जनाएको छ । निर्माण कम्पनीका साइड इन्जिनियर पारस खड्काले छत चर्किएपछि हाल पनिङ गरिरहेको बताए । उनले छत ढलान गरेको समयमा पनिङको काम हुन नसक्दा चिरा परेको हुन सक्ने बताउँदा हाल सो काम गर्न लागिएको बताए ।

भवनको छत चर्किएको बारेमा क्षेत्रीय सहरी विकास आयोजना कार्यान्वयन इकाई धनगढीका प्रमुख जनक थापाले भने अनविज्ञता प्रकट गरेका छन । उनले आफू भरखर मात्रै कार्यालयमा आएकोले त्यसको बारेमा जानकारी नभएको बताए ।

attariya hospital

१० करोड ५५ लाख ५६ हजार ८१५ रुपैयाँको लागतमा २०७६ साल मंसिर २० गते भवन निर्माणको ठेक्का सम्झौता भएको थियो । २०७८ सालमै निर्माणको काम सकिनुपर्ने भवन निर्माणमा ढिलाई हुँदा हाल नगरपालिका २ वटा निजी भवनमा भाडामा संचालन भइरहेको छ ।
हाल भवन निर्माणको काम सकिएको भएपनि भवनको गेट र पार्किङ स्थल निर्माणको काम भइरहेको छ । भवनमा आवश्यक पर्ने फर्निचर निर्माणको काम पनि जारी रहेको छ ।

सम्बन्धित समाचार : गोदावरी नगरपालिको नयाँ भवनको छतभरी चिरैचिरा

उता एडीवीकै ऋण सहयोगमा क्षेत्रीय शहरी विकास आयोजना कार्यान्वयन सहयोग इकाई धनगढी मार्फत निर्माण भइरहेको शुक्लाफाटा नगरपालिकाको भवनमा गुणस्तरहीन सामान प्रयोग गरिएको भन्दै अख्तियारमा उजुरी परेको छ । उक्त भवनमा सुरुदेखि नै गुणस्तरहिन सामाग्री प्रयोग गरिएको भन्दै उजुरी परेको हो । उक्त उजुरी अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय कञ्चनपुरमा उजुरी परेको जनाईएको छ । निवेदनकमा नगरपालिकाको प्रशासकीय भवन शुरुवाती चरणदेखि गुणस्तहिन समाग्री प्रयोग गरि निर्माण कार्य गरेको उल्लेख गरिएको छ ।

भवन संरचना पटक पटक भत्किनेक्रम जारी रहेको उल्लेख गरिएको छ । यस अघि पनि पर्खाल भत्किएपछि स्थानीयले समेत भवनको गुणस्तरियतामा प्रशन गर्दै आएका छन । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय कञ्चनपुरले उजुरी उपर छानबिन भइरहेको जनाएको छ । शुक्लाफाँटा नगरपालिका ईन्जिनियर लोकेन्द्र भट्टले भने भवन गुणस्तरिय बनेको बताएका छन ।

शुक्लाफाटाको भवन निर्माणका लागि पनि गोदावरी नगरपालिकाको भवन निर्माण गरिएको एम÷एस शर्मा एण्ड कम्पनी संग ठेक्का सम्झौता भएको थियो । उक्त भवन निर्माणका लागि पनि २०७६ साल मंसिरमा ठेक्का सम्झौता भएको थियो । उक्त भवन निर्माणको काम पनि हाल अन्तिम चरणमा रहेको छ ।

प्रतिक्रिया दिनुहोस

Your email address will not be published.