कञ्चनपुरबाट अवैध समानसहित ५ जना पक्राउ

कञ्चनपुर – कञ्चनपुरबाट अवैध सामान सहित ५ जना पक्राउ परेका छन । भीमदत्त नगरपालिका–४ को बसपार्कबाट भन्सार छली गरेर भित्र्याइएका ४ लाख ३९ हजार रुपैयाँ बराबरको अवैध समान सहित ४ जनालाई पक्राउ गरिएको हो ।

maya metro hospital

विशेष सूचनाका आधारमा भन्सार छली गरेर भित्र्याइएका अवैध समान बरामद गरिएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक(डीएसपी) प्रकाश डाँगीले जानकारी दिएका छन ।

उनका अनुसार तरकारी, लेडिज कपडा, आलु, मिश्री, प्याज, दुई वटा मोटरसाइकल, एउटा स्कुटर र तीन वटा साईकल समेत गरेर ४ लाख ३९ हजार रुपैयाँ बराबरको समान बरामद गरिएको छ ।

attariya hospital

उनीहरुलाई आवश्यक कारवाहीका लागि भन्सार कार्यालय गड्डाचौकीमा बुझाइएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस

Your email address will not be published.