शुक्लाफाँटा नगरपालिकाको भवनमा गुणस्तरहिन सामाग्री प्रयोग गरिएको भन्दै अख्तियारमा उजुरी

कञ्चनपुर – कञ्चनपुरको शुक्लाफाँटा नगरपालिकाको भवनमा गुणस्तरहिन सामाग्री प्रयोग गरिएको भन्दै अख्तियारमा उजुरी परेको छ ।
एसियाली विकास बैंक (एडीवी) को ऋण सहयोगमा क्षेत्रीय शहरी विकास आयोजना कार्यान्वयन सहयोग इकाई धनगढी मार्फत निर्माण भइरहेको उक्त भवनमा सुरुदेखि नै गुणस्तरहिन सामाग्री प्रयोग गरिएको भन्दै उजुरी परेको हो ।

maya metro hospital

उक्त उजुरी अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय कञ्चनपुरमा उजुरी परेको जनाईएको छ । निवेदनकमा नगरपालिकाको प्रशासकीय भवन शुरुवाती चरणदेखि गुणस्तहिन समाग्री प्रयोग गरि निर्माण कार्य गरेको उल्लेख गरिएको छ ।

भवन संरचना पटक पटक भत्किनेक्रम जारी रहेको उल्लेख गरिएको छ । यस अघि पनि पर्खाल भत्किएपछि स्थानीयले समेत भवनको गुणस्तरियतामा प्रशन गर्दै आएका छन । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय कञ्चनपुरले उजुरी उपर छानबिन भइरहेको जनाएको छ । शुक्लाफाँटा नगरपालिका ईन्जिनियर लोकेन्द्र भट्टले भने भवन गुणस्तरिय बनेको बताएका छन ।

attariya hospital
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.