कञ्चनपुर – कञ्चनपुरको बेलौरी नगरपालिकाको एउटा वडाले पनि सडकमा निर्माण गरिएका अवैध संरचनामाथी डोजर लगाएको छ । बेलौरी नगरपालिका–५ ले सडकमा निर्माण गरिएका भौतिक संरचनामाथि जेसिबी (डोजर) चलाएको हो ।
वडा कार्यालयले रिङरोड अन्तर्गत रामनगर चोकदेखि जडिबुटी चोकसम्मको डेढ किलोमिटर सडकमा बनेका अवैध भौतिक संरचना माथि डोजर चलाएको जनाएको छ । वडा कार्यालयले भौतिक संरचना हटाउन ०७९ फागुनमा अन्तिम सुचना जारी गरेको थियो ।
वडा अध्यक्ष लालबहादुर चौधरीका अनुसार ११ वटा घर वडावासीले आफै हटाएका थिए । नहटाएका दुई घर र एक मन्दिरमा वडा कार्यालयले डोजर चलाएको हो ।