कञ्चनपुर – खाटमा सुतेकै अवस्थामा कञ्चनपुरमा एक महिला मृत फेला परेकी छिन् । जिल्लाको बेलडाँडी गाउँपालिका–२ नवजागरण टोलीकी ३२ वर्षीया देवकी पाल बुढा सोमवार मृत फेला परेकी हुन् ।
आफ्नै घरको अगाडि खटियामा सुतेकै अवस्थामा उनी मृत फेला परेको छिमेकी मथुरा औजीले बताए । मृतकको शव सोमवार नै पोस्टमार्टमका लागि महाकाली अस्पताल पठाएको प्रहरीले जनाएको छ ।
प्रहरीका अनुसार यस विषयमा अनुसन्धान भइरहेको छ ।