कञ्चनपुरबाट २ लाख बढीको अवैध सामान बरामद

कञ्चनपुर – भारतबाट अवैध रुपमा भन्सार छलेर ल्याइएको साढे २ लाखभन्दा बढी रकमको मालसामान प्रहरीले बरामद गरेको छ । कञ्चनपुरको भीमदत्त नगरपालिका ५ सुकाशाल क्षेत्रबाट सोमबार प्रहरीले दाल, चिनी र मिश्री लगायतका सामान बरामद गरेको हो ।

maya metro hospital
raunak fals and silling

मालसामान सँगै ढुवानी गर्ने पाँच जनालाई समेत पक्राउ गरी गड्डाचौकी भन्सार कार्यालयमा बुझाइएको जिल्ला प्रहरी कार्यालयका डीएसपी प्रकाश डांगीले बताए ।

joshi vada pasal 2

उनका अनुसार दाल, मिश्री, चिनी, तरकारी, बेसन पाउडर लगायत २ लाख ६९ हजार बराबरको मालसामान बरामद भएको हो । मालसामान ढुवानी गर्ने १ थान स्कुटर र २ थान मोटरसाइकलसमेत बरामद गरी भन्सार कार्यालयलाई बुझाइएको छ ।

indreni vansa ghar
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.