अत्तरिया – कैलालीको भासु भीरमा ट्रक खसेको छ । आइतबार राती दार्चुलाबाट धनगढी आउँदै गरेको ग्यास सिलिण्डर बोकेको ट्रक भासु भीरमा खसेको हो ।

कैलालीको चुरे गाउँपालिका–५ खानीडाडास्थित भासु भिरमा ७/८ सय मिटर तल ट्रक खसेको सुदूरपश्चिम प्रदेश ट्राफिक प्रहरी कार्यालय अत्तरियाले जनाएको छ ।

सुदूरपश्चिम प्रदेश ०१००१ क १८१० आइसर कम्पनीको ट्रक ब्रेक फेल भएर भासु भिरमा खसको प्रहरी ले जनाएको छ । ट्रकका चालक प्युठानका कुँबेर सिहले हाम फालेकाले कुनै मानविय क्षती नभएको जनाइएको छ ।

दुर्घटनामा गाडीमा लोड गरिएका सबै ग्यास सिलिण्डर र ट्रकमा भने क्षति पुगेको छ । दुर्घटना पनि ट्रक चालक आफै प्रहरीको सम्पर्कमा आएका थिए ।