सुदूरपश्चिम प्रदेश सरकारविस्तारका लागि मुख्यमन्त्री कमलबहादुर शाह काठमाडौंमा रहेका छन् । उनी आइतबार साँझ काठमाडौं आइपुगेका हुन् ।
मुख्यमन्त्री शाहसँग नेकपा (माओवादी केन्द्र) का सुदूरपश्चिम प्रदेश संसदीय दलका नेता खगराज भट्ट, भौतिक पूर्वाधार तथा यातायात मन्त्री प्रकाश देउवा, प्रदेश सांसद् अक्कल रावल र ओमविक्रम भाट लगायतका नेताहरुपनि साथमा रहेका छन् ।


प्रदेश सरकार विस्तारका लागि मुख्यमन्त्री शाहलगायतको टोलीले सोमबार प्रधानमन्त्री पुष्कमल दाहालसँग भेटघाट गरेका छन् भने अहिले कांग्रेस सभापति शेरबहादुर देउवासँग भेटवार्ता गर्न उनको निवास धुम्बाराही पुगेका छन् ।
यस्तै, मुख्यमन्त्री शाहले आज नै नागरिक उन्मुक्ति पार्टीकी अध्यक्ष रन्जित श्रेष्ठलाई भेट्ने कार्यक्रमपनि तय भएको मुख्यमन्त्रीको सचिवालयले जनाएको छ ।
सो भेटघाटपछि मुख्यमन्त्री शाहले चाँडै नै सुदूरपश्चिम प्रदेश सरकारविस्तारका लागि आवश्यक निर्णयलिने तयारी गरेका छन् । मुख्यमन्त्री शाह मंगलबार धनगढी फर्किने छन् ।


















