धनगढीमा अतिक्रमण गरी खेती गरिदै आएको सडकको क्षेत्र खालि गरियो

धनगढी – कैलालीको धनगढी उपमहानगरपालिकाले अतिक्रमण गरी खेती गरिएको सडकको क्षेत्र खालि गरेको छ ।
उप–महानगरपालिकाको वडा नं. १९ टाउन प्लान टोलमा सडक क्षेत्रको जमिन व्यक्तिले कब्जा गरेर खेती गर्दै आएकोमा आईतबार उपमहानगरपालिकाले डोजर लगाएर खाली गरेको हो ।

maya metro hospital

सार्वजनिक सम्पत्तिको संरक्षण गर्दै सडक, कुलो, प्राकृतिक तालतलैया लगायत अतिक्रमणमा परेका क्षेत्र खाली गराउँदै आएको उपमहानगरले बताएको छ ।

यो अभियान निरन्तर चार वर्षसम्म कायम रहने नगरप्रमुख गोपाल हमालले बताएका छन् । २०२१ सालको नापनक्साको आधारमा अतिक्रमित क्षेत्र खाली गर्ने काम हुँदै आएको उपमहानगरले जनाएको छ ।

attariya hospital
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.